Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनवारी सामुदायिक वनका पदाधिकारीबाट पदभार ग्रहण (भिडियो सहित)
    पर्यटन

    जामुनवारी सामुदायिक वनका पदाधिकारीबाट पदभार ग्रहण (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ पुष ३, शुक्रबार १५:२८ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगरपालिका अन्तर्गतको जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

    वन समूहको सभा हलमा भएको विशेष कार्यक्रमका विच निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हीरा थापाले प्रमाण पत्र वितरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    वन समूहको मंसिर १३ गते मुख्य ६ वटा पदकालागि निर्वाचन भएको थियो । सोही निर्वाचनमा निर्वाचित पदाधिकारीहरु अध्यक्ष ख्यामराज सिटौला, उपाध्यक्षद्वय दिलकुमार राई र विष्णुप्रसाद ओली, सचिव मनिता राई, सहसचिव पुजन बाह्रकोटी र कोषाध्यक्ष यशनाथ अधिकारीले पदभार ग्रहण गरेका हुन् ।

    त्यस्तै कार्यसमिति सदस्यकालागि ३० वटा टोलमा रहेका उपभोक्ताहरुलाई पाँचवटा क्षेत्रमा मिलाएर सम्पन्न भएको निर्वाचनमा १० जना सदस्य निर्वाचित भएपछि हाल सम्म वन समूहमा १६ जना कार्यसमिति निर्वाचित भइसकेको बताइएको छ । यसरी निर्वाचित भएका सदस्यहरुमा भोला भण्डारी, तारा कोइराला, दिलबहादुर गिरी , रचना सापकोटा, दिपा गिरीभारती , डम्बरवहादुर बस्नेत, नरेन्द्र रिजाल , मन्जु खतिवडा, सुर्यकुमारी जोगी, हेमकला निरौला रहेका छन् । यो टिमले अब पाँचजना सदस्य मनोनि गरेर २१ सदस्यीय कार्यसमिति निर्माण गर्ने तयारी भइरहेको वताइएको छ ।

    पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिटौलाले जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार क्षेत्रको दिगो विकासकालागि सवै पक्ष एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिँदै निर्वाचनका समयमा पक्ष विपक्षको भूमिकामा रहेपनि यस क्षेत्रका सम्पूर्ण उपभोक्ताले अब वन क्षेत्रको संरक्षण र सम्बद्र्धनकालागि आफ्नो दायित्व भुल्नु नहुने बताएका छन् । जामुनबारी सामुदायिक वनका सम्पूर्ण

    उपभोक्ताहरुबाट आज सम्म प्राप्त भएको साथ सहयोगकै कारण यस क्षेत्रले गति लिएको प्रष्ट पार्दै नवनिर्वाचित अध्यक्ष सिटौललो सवैसँग आँफूले काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई सव डिभिजन वन कार्यालयका प्रमुख नथुनीगोहिबार यादव, जामुनवारी सामुदायिक वनका संस्थापक अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष एवम् कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, प्रजापति सामुदायिक वनका अध्यक्ष सुर्यबहादुर थापा, लायन्स क्लव कनकाईका अध्यक्ष मनोज बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शान्तीराम रिजालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन निर्वाचन समितिका सचिव दिपक खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.