कनकाई खबर / कनकाई नगरपालिका अन्तर्गतको जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
वन समूहको सभा हलमा भएको विशेष कार्यक्रमका विच निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हीरा थापाले प्रमाण पत्र वितरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वन समूहको मंसिर १३ गते मुख्य ६ वटा पदकालागि निर्वाचन भएको थियो । सोही निर्वाचनमा निर्वाचित पदाधिकारीहरु अध्यक्ष ख्यामराज सिटौला, उपाध्यक्षद्वय दिलकुमार राई र विष्णुप्रसाद ओली, सचिव मनिता राई, सहसचिव पुजन बाह्रकोटी र कोषाध्यक्ष यशनाथ अधिकारीले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै कार्यसमिति सदस्यकालागि ३० वटा टोलमा रहेका उपभोक्ताहरुलाई पाँचवटा क्षेत्रमा मिलाएर सम्पन्न भएको निर्वाचनमा १० जना सदस्य निर्वाचित भएपछि हाल सम्म वन समूहमा १६ जना कार्यसमिति निर्वाचित भइसकेको बताइएको छ । यसरी निर्वाचित भएका सदस्यहरुमा भोला भण्डारी, तारा कोइराला, दिलबहादुर गिरी , रचना सापकोटा, दिपा गिरीभारती , डम्बरवहादुर बस्नेत, नरेन्द्र रिजाल , मन्जु खतिवडा, सुर्यकुमारी जोगी, हेमकला निरौला रहेका छन् । यो टिमले अब पाँचजना सदस्य मनोनि गरेर २१ सदस्यीय कार्यसमिति निर्माण गर्ने तयारी भइरहेको वताइएको छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिटौलाले जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार क्षेत्रको दिगो विकासकालागि सवै पक्ष एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिँदै निर्वाचनका समयमा पक्ष विपक्षको भूमिकामा रहेपनि यस क्षेत्रका सम्पूर्ण उपभोक्ताले अब वन क्षेत्रको संरक्षण र सम्बद्र्धनकालागि आफ्नो दायित्व भुल्नु नहुने बताएका छन् । जामुनबारी सामुदायिक वनका सम्पूर्ण
उपभोक्ताहरुबाट आज सम्म प्राप्त भएको साथ सहयोगकै कारण यस क्षेत्रले गति लिएको प्रष्ट पार्दै नवनिर्वाचित अध्यक्ष सिटौललो सवैसँग आँफूले काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई सव डिभिजन वन कार्यालयका प्रमुख नथुनीगोहिबार यादव, जामुनवारी सामुदायिक वनका संस्थापक अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष एवम् कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, प्रजापति सामुदायिक वनका अध्यक्ष सुर्यबहादुर थापा, लायन्स क्लव कनकाईका अध्यक्ष मनोज बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शान्तीराम रिजालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन निर्वाचन समितिका सचिव दिपक खतिवडाले गरेका थिए ।