कनकाई खबर/ नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिको दोस्रो अधिवेशनबाट गोपीकृष्ण भट्टराई अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । कनकाई माविका पूर्व प्रधानाध्यापक समेत रहेका भट्टराई मावि द्वितीय श्रेणीका शिक्षक हुन् । कनकाई नगर क्षेत्रकै सिनियर शिक्षकका रुपमा रहेका भट्टराई हाल कनकाई माविमा अध्यापनरत छन् ।
कनकाई माविको सभा हलमा भएको अधिवेशनबाट तीन वर्षे कार्यकालकालागि १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिलाई सर्वसम्मत बनाउँनकालािग कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा तिलक गजमेर र हिरा पराजुली सदस्य रहेको अध्यक्ष मण्डलले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
समितिको उपाध्यक्षमा ज्ञानवहादुर रायमाझी, महिला उपाध्यक्षमा मेनुकादेवी तिम्सिना, सचिवमा चन्द्रप्रसाद पोखरेल, सहसचिवमा निर्मलादेवी भट्टराई, कोषाध्यक्षमा कृष्णप्रसाद गौतम र सहकोषाध्यक्षमा तारादेवी सुवेदी पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिलिपकुमार खतिवडा, नारायणप्रसाद अधिकारी, विरेन्द्र ओली, राजेन्द्रप्रसाद भण्डारी, योगराज खनाल, केशब ढुङ्गेल, खेमराज भट्टराई, सुशिला सुवेदी, संगीता उप्रेती खरेल, सावित्रा पाण्डे, रीतादेवी घिमिरे र तारादेवी दर्नाल रहेका छन् ।
संगठनका कनकाई नगर समिति अध्यक्ष हरिप्रसाद तिम्सिनाको अध्यक्षता एवम् झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य माननीय हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समितिका सदस्य नारायणप्रसाद गौतम, प्रदेश नं.१ का अध्यक्ष एवम् नेपाल शिक्षक महासंघ झापा अध्यक्ष बुद्धिमान कार्की, नेराशि संंगठन झापा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल कम्युनिस्ट पार्टी कनकाई नगर अध्यक्ष रवीन्द्र लम्साल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि डिल्लीराम चापागाई, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक, नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय प्रतिनिधि गोकुल खनाल लगायतले विद्यालय शिक्षक र कर्मचारीले आफ्नो हकअधिकारका लागि अझै संघर्ष गरिरहनुपर्ने बताए ।
वक्ताहरुले नेराशि संगठन शिक्षकहरूको मूलधार र अग्रज संगठन भएकाले सबै शिक्षकहरु यस संगठनमा आबद्ध बनी शिक्षकहरुको पेसागत उन्नयनमा लाग्नुपर्नेमा जोड दिएका थिए । क्रान्तिका नाममा गरिएको निर्दोष शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको सबै वक्ताले भर्त्सना गर्दै अपराधी शीघ्र पक्राउ गरी कानुनी कारवाही अघि बढाउन माग गरे । उपाध्यक्ष डम्बर फुयालले स्वागत गरेको कार्यक्रम सचिव चन्द्रप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।