Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक संजाल मार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की (भिडियो सहित)
    भिडियो

    सामाजिक संजाल मार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ पुष २, बिहीबार १२:०० गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा रहेको वि.पी. वन वाटिकाको विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक वन हेरालुले ज्यान मार्ने धम्की दिएका छन् ।

    कनकाई ५ मा रहेको वाटिकाको विषयमा आएको समस्या स्थानीय राजनीतिक दलसहित सरोकारवालासँगको सर्वपक्षीय भेलाबाट तीन वर्ष अघि नै समाधान भएको थियो । पछिल्लो समयका बन हेरालु स्थानीय ज्ञानेन्द्र भट्टराईले वाटिका समिति र वडाका जनप्रतिनिधिले आफुलाई विस्थापित गरेको आरोप लगाउँदै सामाजिक संजाल(युटुब) मार्फत ज्यान मार्ने धम्की दिएपछि समस्या बाहिर आएको हो । स्थानीय सरकारका प्रतिनिधिलाई जोडेर सामाजिक संजालमा आएको विषय प्रति खेद प्रकट गर्दै प्रमुख राजनीतिक दलसहित तीन दर्जन बढी स्थानीय सामाजिक संघसंस्था साथै सरोकारवालाहरुको उपस्थितीमा प्रेस विज्ञप्ती जारी गर्दै भट्टराई परिवारबाट लगाएको आरोपको खण्डन गरिएको छ ।

    जनप्रतिनिधिले विस्थापित गरेको भन्ने भट्टराईको आरोपलाई कनकाई ५ का वडाअध्यक्ष कृष्णवहादुर राईले खण्डन गरेका छन् । वाटिकालाई राज्यको सम्पत्तिका रुपमा हस्तान्तरण गरिसकेकोले कसैले पनि यस विषयमा विवाद नझिक्न आग्रह गरिएको छ । समस्या समाधान गरेर नगरलाई हस्तान्तरण गर्न वाटिका समिति, वडा अध्यक्ष सहित जनप्रतिनिधि र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले नौ महिना सम्म लगाएर सहजीकरण गरेको थियो । सो समयमा भएको सहमति विपरित भट्टराईले जनप्रतिनिधिबाट आँफू विस्थापित भएको आरोप लगाएका छन् । हाल आएर आफु सुकुम्बासी भएको बताउँने गरेका भट्टराई परिवारको ७ कठ्ठा जग्गा र घर समेत रहेको स्थानीयबासी बताउँछन् ।

    तत्कालिन समयमा भएको मागअनुसार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएका भट्टराई परिवारबाट हाल आएर जनप्रतिनिधिले विस्थापित गराएको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्दै कनकाई ५ का वडाअध्यक्ष राईले आँफू अन्यायमा परेको महशुस भएमा सहज ढङ्गले स्थानीय सरकारको सम्पर्कमा आउँन समेत भट्टराई परिवारलाई अनुरोध गरेका छन् ।
    स्थानीय केही सामाजिक अगुवाहरुको सक्रियतामा खाली रहेको ४ विगाहा ८ कठ्ठा १६ धुर ऐलानी जमिनलाई २०४४ सालदेखि नै संरक्षण गर्दै वोट विरुवा रोपी वन वाटिकाको रुपमा स्थापना गरिएको हो । निकट भविष्यमा सार्वजनिक महत्वको विषयमा वनलाई प्रयोग गर्ने उद्धेश्यले २०५० सालमा जननेता वि.पी. कोइरालाको नाम जोड्दै वि.पी स्मृति.वन वाटिका नामाकारण गरिएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । द्वन्द कालमा संरक्षणको अभावका कारण जीर्ण बनेको वन वाटिकाको आसपासमा तत्कालिन समयमा बसोबास गर्दै आएका स्थानीयबासीले वनको रेखदेख गर्नुका साथै पछि जमिन छोड्ने सर्तमा केही जमिन जोतभोग गर्दै आएको बताइएको छ ।

    वातावरण सहज बन्दै गएपछि सरोकारवालासहित स्थानीय सरकार साथै राजनीतिक दल र संघसंस्थाहरुको प्रयासवाट जग्गा जोतभोग गर्ने साथै वन हेरालु भट्टराई परिवार सहित अन्य उपभोक्ताहरुसँग भएको सहमति अनुसार वाटिका क्षेत्रको सवै जमिन नगरलाई नै हस्तान्तरण गरिएको थियो ।

    स्थानीय जनप्रतिनिधि , समुदाय र वाटिका समिति बिचको सहमतिमा अहिले त्यहाँ वडा नं. ५ को कार्यालय र स्वास्थ्य चौकी निर्माण समेत भइरहेको छ । हेरालु परिवारको माग अनुसार त्यहाँ वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गरिएको वडाध्यक्ष राईले जानकारी दिए । वाटिका क्षेत्रलाई प्रवद्र्धन गर्न कनकाई नगरपालिकाले एक करोड रुपैयाँ लगानी गरिसकेको छ । सो क्षेत्रमा वि.पी.को शालिक निर्माण गरिएको छ भने बाल उद्यान समेत निर्माण गर्ने योजना बनाइएको वडाअध्यक्ष राईले जानकारी दिए ।

    वडाअध्यक्ष राईको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नेकपाका वडा अध्यक्ष पुण्य प्रसाद ओझा, नेपाली कांग्रेसका वडा सभापति गोविन्द बहादुर कार्की, राप्रपाका वडा अध्यक्ष तिलक बहादुर बस्नेत, लिम्बुवान पार्टीका केन्द्रीय सदस्य सिताराम राई, नेपाली कांग्रेसका अगुवा रमेश चन्द्र दाहाल, प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालद्धारा गठित सहयोगी माकुरा समूहका संयोजक हेमराज विमली, वि.पी.वन वाटिकाका अध्यक्ष याम वहादुर फुयाल, शिक्षासेवी ओम पाठक, स्थानीय उपभोक्ता भक्तवहादुर चम्लगाईँ लगायतले सहमति पत्रमा हस्ताक्षर गर्दै भट्टराई परिवारबाट लगाएको आरोप गलत भएको प्रष्ट पारेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.