Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी सुरुङ्गाको न्यानो कपडा वितरण
    समाचार

    रोटरी सुरुङ्गाको न्यानो कपडा वितरण

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर ३०, मंगलवार ०२:५७ गते2 Mins Read

    कनकाई खबर / शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) र शैक्षिक सामाग्री वितरण गरेको छ ।

    झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरको वडा नं.१ प्रजापतिस्थित पशुपति प्राथमिक विद्यालयमा सामाग्री वितरण गरेको हो ।

    अत्यन्तै विपन्न र सिमान्तकृत समुदायका वालवालिकाहरु अध्ययनरत ग्रामिण क्षेत्रको विद्यालयलाई लक्षित गरी क्लवले त्यहाँ रहेका ७० वालवालिकालाई न्यानो कपडा(सुइटर) र शैक्षिक सामाग्री वितरण गरेको क्लवका अध्यक्ष टिकाप्रसाद जमर कट्टेलले जानकारी दिएका छन् । शैक्षिक सामाग्रीको संयोजन क्लवका सदस्य समाजसेवी मिनाल तिम्सिनाले गरेको बताइएको छ ।

    सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको क्लवले विद्यालयको शैक्षिक गुणस्तरमा समेत थप सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष कट्टेलले बताए । सुरुङ्गा रोटरीले स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, खानेपानी तथा सरसफाई, आधारभूत शिक्षा, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।

    क्लवका अध्यक्ष कट्टेलको सभापतित्व रहेको सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द चौहानले रोटरीले गरेको सहयोगबाट विद्यालयको शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने आशा पलाएको बताए । अधिकांश विपन्न समुदायका वालवालिकाहरु अध्ययनरत यस विद्यालयको आम्दानीको अन्य स्रोत केही पनि नभएको बताउँदै प्रधानाध्यापक चौहानले विद्यालयको शैक्षिका स्तर वृद्धिकालागि रोटरी क्लवको सहयोग निरन्तर रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।

    विद्यालय परिसरमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा क्लवका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यालयका शिक्षकशिक्षिका, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । क्लवका इनकमीङ प्रेसिडेन्ट शुसिलकुमार श्रेष्ठले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा सदस्य देवीप्रसाद अधिकारी, पत्रकार रामप्रसाद निरौला लगायतले रोटरी क्लवले गरेको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन क्लवका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.