Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र
    समाचार

    कांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २४, बुधबार १४:४० गते2 Mins Read

    झापा / आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको नेपाली कांग्रेसले यसको तयारी तीब्र पारेको छ ।

    पार्टीको केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र पारिएको हो । प्रदर्शनको तयारीस्वरुप झापाका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको जिल्लास्तरीय भेला विर्तामोडमा सम्पन्न भएको छ ।

    नेपाली कांग्रेस झापा मातहत रहेको भातृसंस्था समन्वय समितिका संयोजक देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलाले आ—आफ्नो पहिचान झल्कने झण्डा र ब्यानरसहित प्रदर्शनमा सहभागिता जनाउने निणर्य गरेको छ ।

    कनकाई नगरपालिकाको सुरुङ्गाबाट शुरु भई सदरमुकाम केन्द्रीत हुने प्रदर्शनको पूर्वतयारीका लागि बसेको बैठकले सम्पूर्ण क्रियाशील सदस्य तथा आम लोकतन्त्रप्रेमी महानुभावमा सहभागिताका लागि अपिल पनि गरेको छ । प्रदर्शनको तयारीका लागि गाउँ, नगर र प्रदेश क्षेत्रीय समितिको संयुक्त बैठक मंसिर २५ गते हुने नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार मंसिर २७ गते क्षेत्रीय समितिको बैठक सम्पन्न हुनेछ ।

    भेलामा नेपाल महिला संघ सभापति सुशिला ढकाल, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय सभापति दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल तरुण दलका सभापति गोपाल तामाङ, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, आदिबासी जनजाति संघका अध्यक्ष चन्दन मेचे, दलित संघ केन्द्रीय सदस्य सुन्दरा लुहागुन, झापा अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सर्फरा शेख, झापा अध्यक्ष अमिन अलि शेख, नेपाल शिक्षक संघ अध्यक्ष नेत्र खरेल, नेपाल सांस्कृतिक संघका उपाध्यक्ष सञ्जीव चापागाई, नेपाल भूतपूर्व सैनिक संघका सचिव भगिमान गुरुङ, नेपाल विद्यार्थी संघका सचिव नारायण नेपाल लगायतको सहभागिता रहेको थियो ।

    यसैगरी भेलामा नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघका अध्यक्ष सम्फी दास, नेपाल माछा ब्यापार श्रमीक संघका अध्यक्ष सोनालाल शाह, नेपाल रिक्सा चालक संघका हसिबु शेख लगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य, पदाधिकारी र जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

    यसैबीच प्रदर्शनको तयारीका लागि झापाका १५ वटै स्थानीय तहका १३१ वटै वडामा वार्डभेला सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको गत २१ गते सम्पन्न बैठकले वार्ड तहमा खटाएका जिल्ला प्रतिनिधिको सहभागितामा वडा कार्यसमितिको बैठक तथा भेला सम्पन्न भएको हो ।

    कोभिड—१९ नियन्त्रण, परिक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवं स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, भ्रष्टाचारको विरोध, गत मंसिर १७ गते तनहु जिल्लामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध तथा अविलम्ब संसद बैठक बोलाउन माग गर्दै देशब्यापी प्रदर्शनको तयारी गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिए । सदरमुकाम केन्द्रीत हुने सो विरोध प्रदर्शनमा १५ हजार बढीको सहभागिता गराउने लक्ष्य सहित तयारी थालिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.