Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना कहरका विच पनि सहाराको २५ करोड ९ लाख मुनाफा
    आर्थिक

    कोरोना कहरका विच पनि सहाराको २५ करोड ९ लाख मुनाफा

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २४, बुधबार ०५:१५ गते3 Mins Read

    कनकाई खबर / झापाको विर्तामोड २ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरको जटिल परिस्थितिमा समेत यो वर्ष २५ करोड ९ लाखको खुद मुनाफा आर्जन गरेको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै क्षेत्रको अर्थव्यवस्था जटिल बन्दै गएको वर्तमान अवस्थामा समेत संस्थाको वित्तिय अवस्था अत्यन्त मजवुद रहेको संस्थाका सचिव एवम् कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

    आवश्यक स्वास्थ्य सुरक्षाका साथ संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको पत्रकार सम्मेलन मार्फत संस्थाको प्रधान कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा कार्यकारी प्रमुख गिरीले यस्तो कुराको जानकारी दिएका हुन् । संस्थाले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा र खोटाङमा सेवा विस्तार गरेको बताइएको छ । यस अघि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा सेवा प्रदान गर्दै आएको थियो । प्रदेश १ मा ११ जिल्लाका ८० स्थानीय तहमा आफ्नो सेवा क्षेत्र विस्तार गरीसकेको संस्थाले प्रदेशका सवै जिल्लामा सेवा प्रवाह गर्ने योजना बनाएको बताइएको छ ।

    संस्थाले आर्थिक बर्ष ०७७/०७८ का लागि वित्तिय तथा गैर वित्तिय १६ वटा शीर्षकमा कार्यक्रम गर्ने प्रस्ताव अघि सारेको छ । साथै सदस्यलाई प्रविधि मैत्री बनाउने उद्येश्यका साथ अघि बढाउँन ट्यावलेट बैंकिङ, एसएमएस बैंकिङ र मोवाईल एप्स संचालनमा ल्याई सकेको छ । यो सेवाबाट यसै बर्ष १० हजार सदस्यलाई साक्षरता प्रदान गर्ने योजना रहेको बताइएको छ । कोभिड सहायता कार्यक्रम अन्तरगत शेयर सदस्य कोरोना पोजेटिभ भई होम आईसुलेशनमा बसेको अवस्थामा १४ दिन सम्म ५ सय रुपंैयाका दरले भत्ता उपलब्ध गराउने, त्यसैगरी अस्पतालमा आईसियु, प्लाज्मा थेरापीको उपचार गाराएको अवस्थामा ३ लाख रुपैया प्रदान गरिने, कोरोना पोजेटिभ बढदै गएमा संस्थाले आफ्नै २५ बेडको आईसुलेसन सेन्टर संचालन गर्न पहल गर्ने पत्रकार भेटघाटमा जानकारी दिईयो ।

    संस्थाको रजत बर्षको अवसर पारेर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट सहकारी अभियानका केशव बडाललाई १ लाख १ हजार रुपैया सहित पुरस्कृत गरिने छ भने सहारा सहकारी पत्रकारिता पुरस्कार पत्रकार ईन्द्रजित मुखियालाई प्रदान गरिने र संस्था स्थापनामा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने उक्त कार्यक्रममा जानकारी दिईयो ।

    एकलाख ४३ हजार ९ सय ८३ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष ०७६ /७७ सम्ममा एक अर्ब ३४ करोड ९१ लाख रुपैयाँ शेयरपँुजी पुर्याउन सफल भएको छ । त्यसैगरी जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचत तर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पती ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    संस्थाले यसै वर्ष कोभिडले पारेको प्रभावलाई कम गर्न सदस्यहरुले लकडाउनको वेला ऋणको साँवाको किस्ता तिर्न नसकेको अवस्थामा कुनै पनि हर्जना जरिवाना नलिएको बताइएको छ । संस्थाका तर्फवाट गत असार मसान्तसम्ममा ऋणको पाकेको ब्याजमा १० प्रतिशतले हुन आउँने रकम जम्मा रु. ३ करोड ४५ लाख छुट दिएको छ । यसै अवधिमा विपद सापटि बापत प्रति सदस्य पाँचहजार सम्म दिने नीति अनुरुप रु. २ करोड ६८ लाख २३ हजार प्रदान गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

    कोरोना महामारीको अवस्थामा संस्थाले प्रधानमन्त्री राहत कोष, प्रदेश सरकार र स्थानीय ७० गाउँपालिका तथा नगरपालिकाहरुलाई तत्काल लकडाउनको वेला खाद्यान्न सहयोग पुर्याउन ५७ लाख ३५ हजार २ सय ५८ रुपैंया उपलब्ध गराएको थियो । त्यसै गरि पि.सी.आर. ल्याव स्थापना, खाद्यान्न बितरण, प्लाज्मा बैंक स्थापनामा एक का लागि एक अभियान मार्फत महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताइएको छ ।

    संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् । सहसचिव ज्ञानुनाथ मैनालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संस्थाका सहायक निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.