Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईलाई उज्यालो नगरी बनाउँने अभियानमा नगरप्रमुख पोखरेल
    समाचार

    कनकाईलाई उज्यालो नगरी बनाउँने अभियानमा नगरप्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २१, आईतवार ०५:०३ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगरपालिकालाई उज्यालो नगरी बनाउँने अभियानको निरन्तरता स्वरुप नगरका विभिन्न वडामा निशुल्क विद्युत मिटर वितरणको कार्यलाई नगरपालिकाले तिव्रताका साथ अघि बढाएको छ ।

    हाल सम्म विभिन्न समस्याका कारण विद्युत मिटर प्राप्त गर्न नसकेका विपन्न वर्ग, जाती र समुदायको पहिचान गरी नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा निशुल्क विद्युत मिटर वितरण गर्दै आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । अभियानको निरन्तरता स्वरुप कनकाईको वडा नं.९ मा रहेका ४८ जना विपन्न वर्गका वडावासीलाई निशुल्क रुपमा विद्युत मिटर वितरण गर्दै नगर प्रमुख पोखरेलले नगरभित्र विविध समस्याका कारण विद्युत मिटर जडान गर्न नसक्ने कुनै पनि नगरवासीको पहिचान भएमा तुरुन्त नगरपालिकाको कार्यालयमा जानकारी गराउँन समेत सम्वन्धित वडाका वडाअध्यक्षलाई अनुरोध गरेका छन् ।

    स्थानीय तहको जिम्मेवारी आँफूहरुले सम्हाल्दै गर्दा नगरका हरेक वडाका टोल टोलमा विजुलीबत्ती, सडकबाटो, सिंचाई, शिक्षा, स्वास्थ्यको सुविधा प्रयाप्त नभएका कारण स्थानीयबासीमा ठूलो समस्या भएको विगतलाई स्मरण गर्दै नगर प्रमुख पोखरेलले यो तीन वर्ष यता कम्तीमा ती समस्याहरुको पहिचान गरी समाधान तर्फ नगरपालिका अघि बढिसकेको बताए । नगरबासीको समस्या स्थानीय सरकारको समस्या भएकोले न्युनतम आधारभूत आवश्यक्ता पुर्तिकालागि स्थानीय सरकार सधैं तत्पर रहेको भन्दै कनकाई नगर प्रमुख पोखरेलले वर्तमान असहज परिस्थितीमा समेत सम्पूर्ण नगरवासीलाई निराश नभई स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गरेर उद्यमशिल बन्न अनुरोध गरेका छन् ।

    नगरपालिकाले यस अघि पनि अन्य विभिन्न वडामा निशुल्क विद्युत मिटर वितरण गरेको बताइएको छ ।वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न विद्युत मिटर वितरण कार्यक्रममा प्राधिकरण अनारमनि वितरण केन्द्रका प्रमुख विरेन्द्रकुमार झा, सिनियर इन्जिनियर एलिना पराजुली, इन्जिनियर गजेन्द्रप्रसाद यादव, कार्यपालिका सदस्य चुवालाल राजवंशी, वडासदस्यहरु राजेन्द्र आङबुहाङ, नरमान श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । वडामा विद्युत विस्तार तर्फ यस अघि नै २ वटा ट्रान्सफरमर जडान गरी आवश्यक्ताअनुसार विद्युत पोल र तार विस्तार समेत गरीएको वडाअध्यक्ष राजवंशीले वताएका छन् । वडाका अन्य केही ठाउँमा देखिएको विद्युत सेवा विस्तार साथै मर्मत कार्यलाई वडा कार्यालयले सहजीकरण गरिहेको वताइएको छ ।

    आदिवासीहरुको प्राचिन थलोका रुपमा रहेको कनकाई नगरको वडा नं.९ विशेष गरी कोच राजवंशी समुदायको बाहुल्यता रहेको वडाका रुपमा परिचित छ । कोच राजवंशी लगायत विभिन्न जातजाती, धर्म संस्कृति र सम्प्रदायका मानिसहरुको बसोबास रहेको यस वडामा जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता वडाको चौतर्फी विकासमा थप टेवा पुगेको स्थानीयबासी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.