Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजसंस्था पुनःस्थापनाको माग गर्दै झापामा बृहत प्रदर्शन
    समाचार

    राजसंस्था पुनःस्थापनाको माग गर्दै झापामा बृहत प्रदर्शन

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर २१, आईतवार ०४:१२ गते4 Mins Read

    काँकरभिट्टा \ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा २०६२/ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो ।

    राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः शहरमा प्रदर्शन शुरु गरेका छन् । १७ कात्तिकमा वीर गोर्खाली अभियानको व्यानरमा बुटवलमा प्रदर्शन गरियो भने कात्तिक २५ मा राष्ट्रवादी नागरिक समाजले काठमाण्डौमा अनि कात्तिक २७ मा नेपाल विद्वत् परिषदले विराटनगरमा प्रदर्शन गरेको थियो ।

    मंसिर ४ गते स्वतन्त्र देशभक्त नागरिकले सुदूरपश्चिम धनगढीमा तथा मंसिर १० गते पश्चिमाञ्चलवासी नेपाली जनताको व्यानरमा पोखरामा र सोहि दिन नेपाल राष्ट्रवादी समूहले जनकपुरमा पनि राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन भयो । मंसिर १४ मा २०४७ को संविधान पुनःस्थापना अभियानले हेटौडा र मंसिर १५ गते राष्ट्रिय शक्ति समूहको व्यानरमा प्रदर्शन गरेको थियो ।

    संघीय राजधानी काठमाडौंमा राजतन्त्रको माग गर्दै मोटरसाइकल र्याली निकालियो । त्यसपछि सर्लाही, हेटौंडा, जनकपुर, बुटबल, पोखरा, चितवन, धनगढी विराटनगरहुदैं शनिबार नेपालको सुदुरपूर्व झापाको काँकरभिट्टामा समेत र्याली गरिएको छ । यसअघि राजतन्त्रको पक्षमा भएको र्यालीहरुमा वीर गोर्खाली एटीएफ, देशभक्त समाज, शिवसेना नेपाल, शाही युवा शक्ति नेपाल लगायत राजावादी संस्थाहरुको सक्रियता देखिए पनि काँकरभिट्टामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल र्यालीको नाममा शक्ति प्रदर्शन गरेको हो ।

    देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा ऐक्यावद्घता जनाएको राप्रपाले झापामा आफै आयोजक भएर हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी लगायतका माग राख्दैे काँकरभिट्टाबाट विर्तामोडसम्मको १७ किलो मिटरसम्मको मोटरसाइकल र्याली गरेको छ । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नारा–जुलुस र झाकीसहित जिल्लाभरबाट र्यालीमा सहभागीले राप्रपाको झण्डा र नेपालको झण्डा बोकेका थिए । र्यालीमा राप्रपा बाहिरका राजसंस्था र हिन्दु राज्य चाहने शक्ति समेत सहभागी भएको र उनीहरुले आफ्नो पहिचान झल्किने बेग्लै झण्डा बोकेको पार्टीका जिल्ला सचिव केशव ओझाले जानकारी दिनुभयो ।

    र्यालीमा सहभागिताका लागि झापाका पालिकाहरुबाट मात्र नभएर वडा वडाबाट कार्यकर्ताहरु आएका थिए ।राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टको सभापतित्वमा भएको र्यालीको उद्घाटन पार्टीका पूर्व महामन्त्री तथा राप्रपा सांसद् राजेन्द्र लिङ्देन् राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौलालगायतका केन्द्रीय र जिल्ला तहका नेताहरुले पूर्व बडामहाराजधिराज पृथ्वीनारायण शाहाको तस्वीरमा माल्यर्पण गरी गरेका थिए । सांसद् राजेन्द्र लिङ्देनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदैं कोरोना महामारीका बीचमा पनि सावधानी अप्नाएर प्रदर्शनमा देखिएको जनसहभागिताले अब यो देशका करोडौं जनताले राजसंस्था चाहेको दावी गर्नुभयो । देशका विभिन्न भागमा भएका प्रदर्शनमा राजसंस्थासँगै हिन्दू राष्ट्रको पुनस्थापना हुनुपर्ने माग जोडतोडले उठिरहेकाले अब चाडै यो देशमा राजसंस्थासँगै हिन्दू राष्ट्रको पुनस्थापना हुने विश्वास व्यक्त समेत उहाँले गर्नुभयो ।

    अहिले सडकमा देखिन थालेका प्रदर्शनलाई ब्याख्या गदैं सांसद् लिङ्देनले गणतान्त्रिक व्यवस्थाले आजका दिनसम्म जनतालाई सन्तुष्ट पार्न नसकेको आरोप लगाउनुभयो । सबै वर्ग, समुदाय एवम् विचार समूहका आ–आफ्ना असन्तुष्टि रहेको भन्दैं उहाँले राजतन्त्रवादी असन्तुष्ट हुने नै भए, गणतन्त्रवादी पनि खुशी छैनन् । कसैलाई संघीयता आएको मन परेको छैन, कसैलाई संघीयता नाम मात्रैको भयो भन्ने चिन्ता छ । हिन्दू धर्म हटाएर धर्मनिरपेक्षता लागू भएकोमा बेखुशी हुनेहरुको समूह निकै ठूलो छ । मधेसवादीहरुले त संविधानलाई औपचारिकरुपमा स्वीकार नै गरेका छैनन् यसकारण पनि अब देशमा राजसंस्थाको आवश्यकता रहेको उहाँको भनाई थियो ।

    दिउसो साढे २ बजेतिर शुरु र्यालीको उद्घटान समारोहको सभापतित्व गदैं जिल्ला अध्यक्ष विष्टले यो र्याली अभूतपूर्व र यसबाट संबैधानिक राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा सन्देश जाने दावी गर्नुभयो । हिन्दुधर्म पुर्नस्थापना र राजसंस्था स्थापनाका लागि देशभरबाट आम नागरिकले आवज उठाइरहेका बखत पूर्वबाट राप्रपाले यो अभियान थालेको विष्टले बताउनुभयो ।

    प्रजातान्त्रीक युवक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् र्याली व्यवस्थापन समितिका संयोजक ध्रुव उप्रेतीले अब नेपालमा चाडै राजसंस्था पुनःस्थापना हुने दावी गर्नुभयो । उहाँले नेपाली जनताले संघीयता र धर्म निरपेक्षता नचाहेको भन्दैं जनता अहिले के चाहन्छन् भन्ने कुरा र्यालीले प्रष्ट पारेको बताउनुभयो । २०६३ सालमा गणतन्त्र स्थापना भएयता दर्जनबढी सरकार फेरिएको भन्दैं नेता उप्रेतीले ती कुनै पनि सरकारले जनतालाई खुशी तुल्याउन नसकको टिप्पणी गर्नुभयो ।

    यो अवधिमा देशको राजनीति सत्ताको वरिपरि नै घुमिरह्यो । जनजिविकाका सवालहरु कहिल्यै सरकार र राजनीतिक दलहरुको प्राथमिकतामा परेनन् । सरकार ढाल्ने र टिकाउने खेलमै दलहरुले समय व्यतीत गरिरहेको भन्दैं उहाँले आक्रोस समेत व्यक्त गर्नुभयो । मोटरसाइकल र्याली विर्तामोडको मुक्तिचोक पुगेर कोणसभामा परिणत भएको थियो र कोणसभालाई नेता लिङ्देन लगायतका नेताले सम्बोधन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.