Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता अपरिहार्य : मन्त्री भट्टराई
    राष्ट्रिय

    मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता अपरिहार्य : मन्त्री भट्टराई

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर १४, आईतवार ०२:१४ गते2 Mins Read

    बिर्तामोड /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता अपरिहार्य हुने बताएका छन् । ‘नेकपा फुट्दा यो देशको भाग्य फुट्छ’ भन्दै नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका नेता भट्टराईले पहिलो संविधानसभा भंग हुँदाको स्थितिलाई सम्झन पनि आग्रह गरेका छन् ।

       झापाको बिर्तामोडमा स्थापित सिद्धार्थ होटल ग्राण्ड सीटी प्रालिको उद्घाटन गर्न बोलाइएका मन्त्री भट्टराईले भने, ‘आज काठमाडौंमा भइरहेको सचिवालय बैठकले विवाद मिलाउन नसकेमा स्थायी कमिटी बैठकले निर्मम कदम चाल्नेछ ।’ उनले भनेका छन्, बैठकमा साझा प्रतिवेदन लिएर आउनुस् होइन भने स्थायी कमिटीले अर्को राजनीतिक प्रतिवेदन ल्याएर अघिल्ला दुवै खारेज गरिदिनेछ । नेकपाले यो संकट यही महिनाभित्र पार लगाउँछ र सुपर फास्ट दौडँदै जिन्दगीलाई केही सहज बनाउने नेता भट्टराईको विश्वास छ ।

       नवस्थापित सिद्धार्थ होटल थ्री स्टारको स्ट्याण्डरमा रहने र ५१ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमीङ पुल, हेल्थ क्लव, खुल्ला बगैंचा, सेमिनार हल रुफटपसहित छुट्टाछुट्टै ५ वटा रेष्टुरेन्ट रहेको बताइएको छ । बिर्तामोड ४ मा स्थापना गरिएको होटलले पूर्वको पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटलका अध्यक्ष देवीप्रसाद मैनालीको विश्वास छ ।

       होटल उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी, प्रदेश सांसद एकराज कार्की, उद्योग परिसंघ झापाका अध्यक्ष मीनप्रकाश मैनाली, बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रर्वद्धनमा होटलको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । उनीहरुले होटल र पर्यटन व्यवसायीलाई सरकारले राहत दिनु पर्ने मागसमेत गरेका छन् ।

       ५० करोड रुपैयाँको लगानीमा स्थापित सिद्धार्थ होटल ग्राण्ड सिटी थ्री स्टारको स्ट्याण्डरमा रहने गरी स्वीकृति लिइने चरणमा रहेको बताइएको छ । नाफा आर्जन गर्नेमात्र नभई पूर्वमा पर्यटन प्रवर्धनका लागि समेत होटल सञ्चालनमा ल्याइएको सञ्चालकहरुको भनाई छ । होटलको सम्पूर्ण हस्पिटालिटी म्यानेजमेन्ट सिद्धार्थ विजनेश ग्रुपअफ हस्पिटालिटीले गर्ने भएको छ ।

       सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले होटल व्यवसाय पर्यटन प्रवर्धनको मेरुदण्ड भएको बताउँदै होटलले चौबिसै घण्टा सेवा प्रवाह गर्ने र स्तरीय हस्पिटालिटीको अभावमा अब कसैले पनि खान र बस्नका लागि समस्या भोग्नु नपर्ने दावी गरेका छन् ।

       होटलमा १० जनाको लगानी रहेको बताइएको छ । होटल सञ्चालनका लागि देवीप्रसाद मैनाली, गोपालप्रसाद मैनाली, डा लक्ष्मीप्रसाद मैनाली, डिल्लीराम मैनाली, होम पाण्डे, चित्र कुइँकेल, कालिदाश देवकोटा, होमप्रसाद मैनाली, सुमन्ता मैनालीको लगानी रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.