Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीज सप्ताह अन्तर्गत सुरुङ्गा जेसीजको वृक्षरोपण
    समाचार

    जेसीज सप्ताह अन्तर्गत सुरुङ्गा जेसीजको वृक्षरोपण

    ramBy ram२०७५ मंसिर २३, आईतवार १६:४६ गते2 Mins Read

    कनकाई खबर डेक्स \ सुरुङ्गा जेसीजको वार्षिक क्यालेन्डर अनुसार जारी जेसीज सप्ताहको तेस्रो दिन आइतवार जेसीजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    “ग्रीन सिटी क्लिन सिटी सुरुङ्गा ” भन्ने सुरुङ्गा जेसीजको मुख्य नारालाई निरन्तरता दिँदै स्वस्थ र स्वच्छ समाज निर्माणका लागि जेसीजले वृक्षरोपण कार्यक्रमलाई अभियानका रुपमा अघि वढाएको हो । कनकाई नगरका हरेक टोल टोलमा वृक्षरोपण गरेर सुन्दर, शान्त, सफा र हरियाली नगर निर्माण गर्ने कार्यलाई जेसीजले अभियानका रुपमा निरन्तरता दिएको सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईले वताएका छन् । संस्थाको स्थापनाकालदेखी नै हरेक वर्ष विभिन्न चरणमा सुरुङ्गा जेसीजले वृक्षरोपण संचालन गर्दै आएको अध्यक्ष भट्टराईले वताएका छन् ।
    विरुवाको संरक्षण गर्न स्थानीयवासीलाई जिम्मेवार वनाउँदै जेसीजले पहिलो चरणमा वजार क्षेत्रमा रहेका मुख्य सडक वाटाहरुलाई लक्षीत गरी गमलामा धुपीका विरुवा रोपीएको छ । सोही अनुरुप आइतवार सुरुङ्गा चौकदेखी उत्तरतर्फ कालीस्थान सम्मको भित्री सडकमा वृक्षरोपणको सुरुवात गरेको जेसीज सप्ताह मूल समितिका संयोजक कमल कट्टेलले वताएका छन् ।
    कार्यक्रमका प्रमुख अतिथी सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रसाद दहाल र सुरुङ्गा जेसीजका अध्यक्ष भीमप्रसाद भट्टराईले स्थानीय सिंहवाहिनी टोल विकास संस्थाकी अध्यक्ष निर्मला चाम्लिङ् र कालीस्थान टोलविकास संस्थाका सचिव प्रविण आचार्यलाई संयुक्त रुपमा विरुवा हस्तान्तरण गर्दै संरक्षणका लागि अनुरोध गरेका थिए । एक हप्तासम्म विविध कार्यक्रमका साथ संचालन हुने जेसीज सप्ताहको चौथो कार्यक्रम सोमवार विहान ८ वजे व्याडमिन्टन प्रतियोगिता संचालन गरीने वताइएको छ ।
    सुरुङ्गा जेसीजका अध्यक्ष भट्टराईको सभापतित्व एवम् सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रसाद दहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुरुङ्गा जेसीजका मानार्थ सदस्य श्याम पौडेल, पूर्व अध्यक्ष शिवकुमार कडेल, निर्मला चाम्लिङ्, प्रविण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक राजकुमार कट्टेलले औचित्यसहित स्वागत गरेको कार्यक्रमको संचालन सुरुङ्गा जेसीजका सचिव त्रिलोचन उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.