Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एसियामा कहिले र कुन कोरोना खोप उपलब्ध हुन्छ ?
    राष्ट्रिय

    एसियामा कहिले र कुन कोरोना खोप उपलब्ध हुन्छ ?

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर १२, शुक्रबार ०७:२० गते4 Mins Read

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ ।

    फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् ।

    यद्यपि एसियाली मुलुकहरुले भने सुरुआतमा नै ठूलो मात्रामा कोरोना खोप नपाउने देखिएको छ । केही एसियाली मुलुकमा कोरोना खोप आइपुग्न सक्ने समयतालिका उल्लेख गरिएको छ । सम्वन्धित देशले गरेको सम्झौताको आधारमा यो समय अनुमान गरिएको हो ।

    अष्ट्रेलिया

    अष्ट्रेलियाले अहिलेसम्म १३ करोड ५० लाख डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ । अष्ट्रेलियाले एक्स्ट्राजेनेकासँग तीन करोड ४० लाख, नोभाभ्याक्स कम्पनीबाट चार करोड, फाइजरबाट एक करोड र सीएसएल लिमिटेडसँग पाँच करोड १० लाख डोज कोरोना खोप खरिदको सम्झौता गरिसकेको छ ।

    आगामी वर्ष जनवरी र फेब्रुअरी महिनाभित्र अष्ट्रेलियाले एक्स्ट्राजेनेकाले निर्माण गरेको ३८ लाख डोज कोरोना खोप पाउन सक्ने अनुमान गरिएको छ ।

    चीन

    चीनले अहिलेसम्म पश्चिमा खोप निर्माताहरुसँग कुनै पनि खरिद सम्झौता गरेको छैन । त्यसो सट्टामा उसले आफ्ना निजी कम्पनीहरुसँग सहकार्य गरेर खोप विकासमा काम गरिरहेको छ ।

    एक्स्ट्राजेनेकाको खोपले चीनमा अनुमति पाउन सन् २०२१ को मध्यसम्म कुर्नुपर्नेछ र यसको चिनियाँ पार्टनर सेन्जेन काङटाइ बायोलोजिकल प्रोडक्टले सन् २०२० को अन्तिमसम्ममा आफ्नो उत्पादन क्षमता १० करोड डोज पुग्ने बताएको छ ।

    फाइजरको खोपका लागि चीनको साङ्घाई फोसन फर्मासयुटिकल ग्रुपले दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

    त्यस्तै तिब्बत रोडिओला फर्मास्युटिकल होल्डिङ्सले रुसी खोप स्पुतनिक खोप ल्याउने तयारी गरिरहेको छ । उसले यो खोपको सुरुआती र दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

    चीनले आफ्नो आपतकालीन प्रयोगको कार्यक्रमका लागि सिनोभ्याक र सिनोफार्म विकास गरिरहेका खोपलाई प्रयोगको अनुमति दिइसकेको छ । सिनोफार्मले विकास गरिरहेको दुई खोपले यस वर्षको अन्तिमसम्ममा आम नागरिकको प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरेको छ ।

    जापान

    जापानले सन् २०२१ को सुरुआती ६ महिनामा १२ करोड डोज खोप ल्याउने गरी एक्स्ट्राजेनेकासँग सम्झौता गरेको छ, जसमध्ये मार्च ३१ सम्ममा तीन करोड डोज खोप जापानले पाउनेछ ।

    उसले २५ करोड डोजका लागि नोभाभ्याक्ससँग सम्झौता गरेको छ । जापानले जोन्सन एण्ड जोन्सनसँग पनि कोरोना खोपको लागि वार्ता गरिरहेको छ भने शिनोगी एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ । विशेषज्ञहरुका अनुसार जापानमा अनुमति पाउनुभन्दा पहिला खोपको पहिलो र दोस्रो चरणको मानव परीक्षण गरिनु जरुरी हुनसक्छ ।

    दक्षिण कोरिया

    दक्षिण कोरियाले कोभ्याक्स कार्यक्रमबाट एक करोड मानिसका लागि खोप पाउने अपेक्षा गरेको छ । साथै थप दुई करोड मानिसका लागि अन्य छुट्टै सम्झौताबाट खोप ल्याउने दक्षिण कोरियाको लक्ष्य छ । दक्षिण कोरियाले कोभ्याक्ससँग ुवैकल्पिक खरिदु सम्झौता गरेको छ, जसको सहयोगमा उसले विशेष खोप छान्ने मौका पाउनेछ ।

    दक्षिण कोरियामा सन् २०२१ को दोस्रो त्रैमासबाट खोप उपलब्ध हुन सक्ने अपेक्षा छ । खोपबारे अध्ययन तथा साइड इफेक्टबारेको अध्ययनका लागि समय लाग्न सक्ने भएकाले दक्षिण कोरियामा यो खोप प्रयोगमा आउन केही समय लाग्न सक्ने पाइएको हो ।

    भारत

    भारतमा एक्स्ट्राजेनेकाको खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युटले अन्तिम चरणको मानव परीक्षणको नतिजाका आधारमा यस वर्षको अन्तिमसम्म आपतकालीन प्रयोगको लागि अनुमति लिने र फेब्रुअरी वा मार्चसम्ममा यो खोप सार्वजनिक प्रयोगका लागि ल्याइने बताएको छ । भारतले फेब्रुअरीसम्ममा आम मानिसलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै भारतमा स्पुतनिक भी खोपको पनि अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

    ताइवान

    ताइवानले सुरुआतमा कोभ्याक्सको योजना र प्रत्यक्ष खोप खरिदबाट एक करो८ ५० लाख डोज खोप पाउने लक्ष्य राखेको छ ।

    साथै थप एक करोड ५० लाख डोज खोप किन्न सकिने ताइवानले बताएको छ । ताइवानले सन् २०२१ को पहिलो त्रैमासभित्र कोरोनाको खोप कार्यक्रम सुरु हुने बताएको छ ।

    फिलिपिन्स

    फिलिपिन्सले एक्स्ट्राजेनेकासँग कम्तीमा दुई करोड डोज खोपको लागि सम्झौता गरेको छ । यो खोप अर्को वर्षको दोस्रो त्रैमासमा आउने अनुमान छ । फिलिपिन्सले ६ करोड डोज उपलब्ध हुन सक्ने आशा व्यक्त गरेको छ ।

    साथै फिलिपिन्सले फाइजर र सिनोभ्याकसँग पनि खोप खरिद गर्नेबारे वार्ता गरिरहेको छ । फिलपिन्समा खोपको अनुमतिको लागि मानव परीक्षण जरुरी नपर्ने बताइएको छ ।

    इन्डोनेसिया

    कोभ्याक्स कार्यक्रमबाट यो मुलुकले १० करोड ७० लाख डोजसम्म खोप पाउने अनुमान छ ।

    साथै चिनियाँ खोप सिनोभ्याकको मानव परीक्षण पनि गरिरहेको छ र जनवरीको अन्तिमबाट ठूलो समूहमा मेडिकल कर्मचारी र अन्य फ्रन्टलाइन कर्मचारीमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।

    बंगलादेश

    बंगलादेशले भारतको सेरम इन्स्टिच्युटसँग ३ करोड डोज एक्स्ट्राजेनेकाको खोप किन्ने सम्झौता गरिसकेको छ । साथै उसले ६ करोड ८० लाख डोज खोप जाभीबाट सहुलियत दरमा पाउने अपेक्षा रहेको वरिष्ठ स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।अनलाइनखबरबाट

    स्रोत स्रोयटर्स

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.