Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एसियामा कहिले र कुन कोरोना खोप उपलब्ध हुन्छ ?
    राष्ट्रिय

    एसियामा कहिले र कुन कोरोना खोप उपलब्ध हुन्छ ?

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर १२, शुक्रबार ०७:२० गते4 Mins Read

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ ।

    फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् ।

    यद्यपि एसियाली मुलुकहरुले भने सुरुआतमा नै ठूलो मात्रामा कोरोना खोप नपाउने देखिएको छ । केही एसियाली मुलुकमा कोरोना खोप आइपुग्न सक्ने समयतालिका उल्लेख गरिएको छ । सम्वन्धित देशले गरेको सम्झौताको आधारमा यो समय अनुमान गरिएको हो ।

    अष्ट्रेलिया

    अष्ट्रेलियाले अहिलेसम्म १३ करोड ५० लाख डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ । अष्ट्रेलियाले एक्स्ट्राजेनेकासँग तीन करोड ४० लाख, नोभाभ्याक्स कम्पनीबाट चार करोड, फाइजरबाट एक करोड र सीएसएल लिमिटेडसँग पाँच करोड १० लाख डोज कोरोना खोप खरिदको सम्झौता गरिसकेको छ ।

    आगामी वर्ष जनवरी र फेब्रुअरी महिनाभित्र अष्ट्रेलियाले एक्स्ट्राजेनेकाले निर्माण गरेको ३८ लाख डोज कोरोना खोप पाउन सक्ने अनुमान गरिएको छ ।

    चीन

    चीनले अहिलेसम्म पश्चिमा खोप निर्माताहरुसँग कुनै पनि खरिद सम्झौता गरेको छैन । त्यसो सट्टामा उसले आफ्ना निजी कम्पनीहरुसँग सहकार्य गरेर खोप विकासमा काम गरिरहेको छ ।

    एक्स्ट्राजेनेकाको खोपले चीनमा अनुमति पाउन सन् २०२१ को मध्यसम्म कुर्नुपर्नेछ र यसको चिनियाँ पार्टनर सेन्जेन काङटाइ बायोलोजिकल प्रोडक्टले सन् २०२० को अन्तिमसम्ममा आफ्नो उत्पादन क्षमता १० करोड डोज पुग्ने बताएको छ ।

    फाइजरको खोपका लागि चीनको साङ्घाई फोसन फर्मासयुटिकल ग्रुपले दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

    त्यस्तै तिब्बत रोडिओला फर्मास्युटिकल होल्डिङ्सले रुसी खोप स्पुतनिक खोप ल्याउने तयारी गरिरहेको छ । उसले यो खोपको सुरुआती र दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

    चीनले आफ्नो आपतकालीन प्रयोगको कार्यक्रमका लागि सिनोभ्याक र सिनोफार्म विकास गरिरहेका खोपलाई प्रयोगको अनुमति दिइसकेको छ । सिनोफार्मले विकास गरिरहेको दुई खोपले यस वर्षको अन्तिमसम्ममा आम नागरिकको प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरेको छ ।

    जापान

    जापानले सन् २०२१ को सुरुआती ६ महिनामा १२ करोड डोज खोप ल्याउने गरी एक्स्ट्राजेनेकासँग सम्झौता गरेको छ, जसमध्ये मार्च ३१ सम्ममा तीन करोड डोज खोप जापानले पाउनेछ ।

    उसले २५ करोड डोजका लागि नोभाभ्याक्ससँग सम्झौता गरेको छ । जापानले जोन्सन एण्ड जोन्सनसँग पनि कोरोना खोपको लागि वार्ता गरिरहेको छ भने शिनोगी एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ । विशेषज्ञहरुका अनुसार जापानमा अनुमति पाउनुभन्दा पहिला खोपको पहिलो र दोस्रो चरणको मानव परीक्षण गरिनु जरुरी हुनसक्छ ।

    दक्षिण कोरिया

    दक्षिण कोरियाले कोभ्याक्स कार्यक्रमबाट एक करोड मानिसका लागि खोप पाउने अपेक्षा गरेको छ । साथै थप दुई करोड मानिसका लागि अन्य छुट्टै सम्झौताबाट खोप ल्याउने दक्षिण कोरियाको लक्ष्य छ । दक्षिण कोरियाले कोभ्याक्ससँग ुवैकल्पिक खरिदु सम्झौता गरेको छ, जसको सहयोगमा उसले विशेष खोप छान्ने मौका पाउनेछ ।

    दक्षिण कोरियामा सन् २०२१ को दोस्रो त्रैमासबाट खोप उपलब्ध हुन सक्ने अपेक्षा छ । खोपबारे अध्ययन तथा साइड इफेक्टबारेको अध्ययनका लागि समय लाग्न सक्ने भएकाले दक्षिण कोरियामा यो खोप प्रयोगमा आउन केही समय लाग्न सक्ने पाइएको हो ।

    भारत

    भारतमा एक्स्ट्राजेनेकाको खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युटले अन्तिम चरणको मानव परीक्षणको नतिजाका आधारमा यस वर्षको अन्तिमसम्म आपतकालीन प्रयोगको लागि अनुमति लिने र फेब्रुअरी वा मार्चसम्ममा यो खोप सार्वजनिक प्रयोगका लागि ल्याइने बताएको छ । भारतले फेब्रुअरीसम्ममा आम मानिसलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै भारतमा स्पुतनिक भी खोपको पनि अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

    ताइवान

    ताइवानले सुरुआतमा कोभ्याक्सको योजना र प्रत्यक्ष खोप खरिदबाट एक करो८ ५० लाख डोज खोप पाउने लक्ष्य राखेको छ ।

    साथै थप एक करोड ५० लाख डोज खोप किन्न सकिने ताइवानले बताएको छ । ताइवानले सन् २०२१ को पहिलो त्रैमासभित्र कोरोनाको खोप कार्यक्रम सुरु हुने बताएको छ ।

    फिलिपिन्स

    फिलिपिन्सले एक्स्ट्राजेनेकासँग कम्तीमा दुई करोड डोज खोपको लागि सम्झौता गरेको छ । यो खोप अर्को वर्षको दोस्रो त्रैमासमा आउने अनुमान छ । फिलिपिन्सले ६ करोड डोज उपलब्ध हुन सक्ने आशा व्यक्त गरेको छ ।

    साथै फिलिपिन्सले फाइजर र सिनोभ्याकसँग पनि खोप खरिद गर्नेबारे वार्ता गरिरहेको छ । फिलपिन्समा खोपको अनुमतिको लागि मानव परीक्षण जरुरी नपर्ने बताइएको छ ।

    इन्डोनेसिया

    कोभ्याक्स कार्यक्रमबाट यो मुलुकले १० करोड ७० लाख डोजसम्म खोप पाउने अनुमान छ ।

    साथै चिनियाँ खोप सिनोभ्याकको मानव परीक्षण पनि गरिरहेको छ र जनवरीको अन्तिमबाट ठूलो समूहमा मेडिकल कर्मचारी र अन्य फ्रन्टलाइन कर्मचारीमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।

    बंगलादेश

    बंगलादेशले भारतको सेरम इन्स्टिच्युटसँग ३ करोड डोज एक्स्ट्राजेनेकाको खोप किन्ने सम्झौता गरिसकेको छ । साथै उसले ६ करोड ८० लाख डोज खोप जाभीबाट सहुलियत दरमा पाउने अपेक्षा रहेको वरिष्ठ स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।अनलाइनखबरबाट

    स्रोत स्रोयटर्स

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.