Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थगीत कक्षा १२ को परीक्षा सुचारु, कनकाईमा ५ सय ८८ परीक्षार्थी सहभागी
    शिक्षा

    स्थगीत कक्षा १२ को परीक्षा सुचारु, कनकाईमा ५ सय ८८ परीक्षार्थी सहभागी

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर ११, बिहीबार १०:१० गते3 Mins Read

    कनकाई खबर /  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगीत भएको कक्षा १२ को परीक्षा मंगलबारदेखि संचालन भएको छ ।
    कनकाई नगर क्षेत्रका सरकारी र निजी गरी ५ सय ८८ विद्यार्थी साथै देशभरका करिब ४ लाख ३२ हजार विद्यार्थीहरु परीक्षामा सामेल भएका छन् । नेपाल सरकारले जारी गरेको आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यार्थी स्वयम् उपस्थित भई शान्तीपूर्ण रुपमा परीक्षा संचालन हुँदै आएको सम्बन्धित विद्यालयका केन्द्राध्यक्षहरुले जानकारी दिएका छन् । मास्कको प्रयोग अनिवार्य गरिएको परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गरी साबुनपानीले हात धुने व्यवस्था गर्नुका साथै थर्मल गन, सेनीटाइजरको समेत व्यवस्था गरेको बताइएको छ । विद्यार्थीहरुको भौतिक दुरी कायम गरी संचालन भएका परीक्षामा यहाँस्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका नियमित तर्फ ९२ जना र ७ जना आंशिक तर्फका विद्यार्थीहरुले परीक्षा दिइरहेको क्याम्पस प्रमुख एवम् केन्द्राध्यक्ष विकास उप्रेतीले जानकारी दिएका छन् ।

       सरकारी विद्यालय तर्फ कनकाई माविमा नियमित तर्फका २६० मध्ये ६ जना अनुपस्थित रहेका छन् भने आंशिक तर्फ ३० जना विद्यार्थी परीक्षामा सहभागी छन् । अन्य २३ जना जिल्ला बाहिरका विभिन्न विद्यालयका विद्यार्थीहरुले समेत परीक्षामा सहभागित जनाएको कनकाई माविका सहायक प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष चन्द्र शिवाकोटीले जानकारी दिएका छन् । त्यस्तै कनकाईको आदर्श मावि घैलाडुवामा नियमित तर्फका ४४ र आंशिक तर्फका १९ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष धर्मानन्द निरौलाले जानकारी दिएका छन् । त्यस्तै भृकुटी मावि दुर्गापुरमा नियमित तर्फका ४४ जना मध्ये तीनजना अनुपस्थित रहेका छन् भने आंशिक तर्फ ४ जना विद्यार्थीहरुले परीक्षा दिइरहेको विद्यालयकी प्राचार्य एवम् केन्द्राध्यक्ष अञ्जना शिवाकोटीले बताएकी छन् ।

       कनकाईमा निजी तर्फ पशुपति अंग्रेजी माविमा नियमित तर्फका ५२ जना र अन्य जिल्लाका एकजना गरी ५३ जनाले परीक्षा दिइरहेको विद्यालयका प्रिन्सिपल एवम् केन्द्राध्यक्ष एलपी उप्रेतीले जानकारी दिए । त्यस्तै झापा मेरीगोल्ड अंग्रेजी माविमा नियमित तर्फ ९२ जना विद्यार्थी परीक्षामा सामेल रहेको विद्यालयका प्रिन्सिपल एवम् केन्द्राध्यक्ष गोकुल उप्रेतीले जानकारी दिए । त्यस्तै हरीकुल नमूना अंग्रेजी माविमा नियमित तर्फ तीन जना र आंशिक तर्फ एकजना विद्यार्थी परीक्षामा सामेल रहेको विद्यालयका प्रिन्सिपल एवम् केन्द्राध्यक्ष रोशन केसीले जानकारी दिएका छन् ।
    देशभर चार हजार एक सय पाँच वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरीसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

       विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तरपुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नेसहित सम्पूर्ण काम यस अघि नै भएको जानकारी दिए ।

       परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सक्रमण जोखिमका कारण स्थगित भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.