Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको मिनि म्याराथन
    कनकाई खबर बिशेष

    सुरुङ्गा जेसीजको मिनि म्याराथन

    ramBy ram२०७५ मंसिर २२, शनिबार १५:१७ गते2 Mins Read

       कनकाई खबर डेक्स \सुरुङ्गा जेसीजको वार्षिक क्यालेन्डर अनुसार जारी जेसीज सप्ताहको दोस्रो दिन शनिवार खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
    “पर्यटनका लागि हामी सँगसँगै” भन्ने सुरुङ्गा जेसीजले चालेको अभियानको निरन्तरता स्वरुप हरेक वर्ष जेसीजले म्याराथन दौड संचालन गर्दै आएको जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक कमल कट्टेलले वताएका छन् ।
    धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी धामवाट सुरु भएको शनिवारको म्याराथन दौड प्रतियोगिता कनकाई सामुदायिक वनमा समापन भएको थियो । प्रतियोगितामा २५ वढी प्रतियोगीहरुलाई पछि पार्दै शिवसताक्षी १० का दिवस लिम्वू र सुदीप कार्की क्रमशः पहिलो र दोस्रो भएका छन् भने कनकाई नगरपालिका वडा नंं.३ का विजय किस्कु तेस्रो भएका छन् । महिला तर्फ सुस्मीता चौधरी, निकिता तिम्सिना र सविता शिवाकोटी क्रमशः पहिलो,दोस्रो र तेस्रो भएका छन् । प्रतियोगी सवैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले नगद पुरस्कार सहित ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन कनकाई सामुदायिक वनले गरेको वताइएको छ ।

      एक हप्तासम्म विविध कार्यक्रमका साथ संचालन हुने जेसीज सप्ताहमा क्रमशः आइतवार विहान ७ः३० वजे सुरुङ्गा चौकदेखी उत्तर तर्फ कालीस्थान सम्म वृक्षरोपण कार्यक्रम हुने वताइएको छ । अन्य कार्यक्रमहरुमा व्याडमिन्टन प्रतियोगिता, फरक क्षमता भएका विद्यार्थीहरुलाई आवश्यक सामाग्री वितरण, आदर्श मावि घैलाडुवामा न्यानो कपडा वितरण साथै सोही स्थानमा जेष्ठ नागरीकहरुलाई लक्षित गरेर मनोरञ्जनात्मक कार्यक्रम संचालन हुने सुरुङ्गा जेसीजका अध्यक्ष भीमप्रसाद भट्टराईले वताएका छन् ।

    सुरुङ्गा जेसीजका अध्यक्ष भट्टराईको सभापतित्व एवम् कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुरुङ्गा वजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँ, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक किशोर दहालले औचित्यसहित स्वागत गरेको कार्यक्रमको संचालन सुरुङ्गा जेसीजका सचिव त्रिलोचन उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.