Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडीदेखि धनुषकोटीसम्म अब कालोपत्रे बाटो
    कनकाई खबर बिशेष

    जामुनखाडीदेखि धनुषकोटीसम्म अब कालोपत्रे बाटो

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०४:२१ गते3 Mins Read

    तीर्थराज खरेल
    सुरुंगा । जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रलाई अर्को पर्यटकीय क्षेत्र धनुषकोटीधामसँग जोड्ने बाटोलाई पिच गर्न शुरु गरिएको छ ।

    जामुनावारी सामुदायिक वन समूह अन्तर्गत रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वकै चर्चित पर्यटकीय क्षेत्र मानिन्छ । पहिलो चरणमा उक्त रिङरोड नामले प्रसिद्ध पर्यटन मार्गको जामुनखाडी सिमसार गेटदेखि त्रिवेणीचौकसम्मको ८ सय ६० मिटर बाटो कालोपत्रे गरिएको छ ।

    सो पिच गरिएको बाटोको चौडाइ ५ मिटर र मोटाइ ४० एमएम रहेको छ । उक्त बाटो निर्माणको लागि ४३ लाख ६३ हजार रुपैयाँ लागत लागेको र यसका लागि कनकाई नगरपालिकाबाट २० लाख, जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहबाट २० लाख र सरोकारवाला उपभोक्ताबाट ३ लाख ६३ हजार रुपैयाँ जुटाइएको बाटो निर्माण समितिका अध्यक्ष गम्भिरबहादुर राईले जानकारी दिए ।

    सो बाटो निर्माणका लागि राईको अध्यक्षतामा ७ सदस्यीय बाटो निर्माण समिति गठन गरिएको थियो । राई जामुनाबारी वन समूहका पूर्व उपाध्यक्ष हुन् । बाटो निर्माण समितिको उपाध्यक्षमा हरि कार्की, सचिवमा मनिता राई र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ रहेका थिए ।

    सदस्यहरुमा कृष्णबहादुर चौहान, रेणुका खवास र दुर्गा बर्देवा रहेका थिए । त्यसरी नै अनुगमन समितिको संयोजकमा दिलकुमार राई र सदस्यहरुमा कृष्ण गिरी, दीपक बोहोरा, नन्दकुमारी थापा र मनकुमारी थापा रहेका थिए ।

    जामुनखाडी, धनुषकोटीधाम र कनकाईधाम कोटीहोम जोड्ने गुरुयोजना भएकाले यो बाटोलाई कनकाई नगरको पर्यटकीय चक्रपथ (रिङरोड) पनि मानिन्छ ।

    यसरी पिच बनाउने काम सम्पन्न भएकोलाई स्थानीयले शुभ शुरुवात मानेका छन् । जामुनाबारी वन समूहका कोषाध्यक्ष बुद्धिमान बोहोराले पर्यटन मार्ग बनाउने अवधारणा अनुसार कनकाई नगरपालिकाले बजेट छुट्याउनु र सो अनुरुप गुणस्तरीय रुपमा काम सम्पन्न हुनु खुशीको कुरा भएको बताए ।

    बोहोराले भने, ‘यही क्रममा अघि बढ्ने हो भने केही वर्षभित्रमा जामुनखाडी र धनुषकोटीलाई कालोपत्रे बाटोले जोड्ने हाम्रो सपना पूरा हुनेछ ।’

    आगामी आर्थिक वर्ष २०७५/०७६ मा कनकाई नगरपालिकाबाट हालै सार्वजनिक गरिएको बजेट मार्फत जामुनखाडी र धनुषकोटीवीच रहेको भुरुङ्गाखोलामा पुल हाल्न ३० लाख रुपैयाँ र पर्यटनमार्ग विस्तारका लागि २० लाख रुपैयाँ विनियोजन भएको कोषाध्यक्ष बोहोराले जानकारी दिए ।

    अहिले निर्माण सम्पन्न भएको सडकखण्डका उपभोक्ता डम्बरबहादुर बर्देवाले बाटो कालोपत्रे भएकोमा खुशी व्यक्त गरे र नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल तथा जामुनाबारी वन समूहका अध्यक्ष खेमराज सिटौला लगायत सबै समितिहरुलाई धन्यवाद दिए ।

    तर बर्देवाले किनारामा नाली नबनाई पिच गरिएकाले सडकको छेउ उक्किएर भत्किँदै जाने पो हो कि भनेर चिन्ता व्यक्त गरे । आफ्नै घर अगाडि कालोपत्रे बाटो बन्ने योजना बनिनु र सोही अनुसार काम सम्पन्न भएकोमा बर्देवाले सन्तोष व्यक्त गरे ।

    बाटो कालोपत्रे गरिएपछि जामुनखाडी वा धनुषकोटीधाम वा दोमुखा आएका पर्यटकहरु अर्को ठाउँमा जान सहज हुने देखिन्छ ।

    यस अघि नै धनुषकोटी र दोमुखा जोड्ने झोलुङ्गेपुल सञ्चालनमा आइसकेको छ भने धनुषकोटीधामलाई कोटीहोम जोड्न बाटो रेखाङ्कन पनि भइसकेको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    विकास निर्माण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.