Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक, बिहीवारदेखि सदस्यले पाउने
    आर्थिक

    एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक, बिहीवारदेखि सदस्यले पाउने

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर ११, बिहीबार ०८:३२ गते3 Mins Read

     

    कनकाई खबर  \  नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

    बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन गरेका थिए ।

    कोरोना कहरको प्रभाव र प्रतिकूलताका वावजुद संस्थाको बैंकिङ्ग कारोबारतर्फ राम्रै नतिजा हासिल गरेको जानकारी दिंदै अध्यक्ष उप्रेतीले एनएमसी डेरीतर्फ पनि गत आर्थिक वर्षमा ४० लाख ७५ हजार खुद मुनाफा गरेको बताए । संस्थाले आर्थिक वर्ष २०७६\०७७ मा डेरीबाट ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्ने लक्ष्य राखेको थियो ।

    एनएमसीको अर्को व्यवसाय एकीकृत नमूना कृषि फर्म अन्तरगत उत्पादनभन्दा पनि अहिले पूर्वाधार निर्माणको चरण रहेकाले ७३ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपी गत आर्थिक वर्षमा परीक्षणस्वरुप तरकारीका विरुवा बिक्री, तरकारी उत्पादन, माछापालन, कस्टम हायरिङ आदिबाट साढे २३ लाख रुपैयाँ हाराहारी आम्दानी गरेको उल्लेख छ ।

    एनएमसीले चौथो व्यवसायका रुपमा विकास गर्दै आएको एनएमसी कोपसप लोकप्रिय बन्नेक्रममा रहेको बताउँदै संस्थाका अध्यक्ष उप्रेतीले चालू आर्थिक वर्षमा १५ वटा पसल स्थापना गरिसक्ने लक्ष्य सुुनाए ।

    संस्थाले २०७६ \ ०७७ को असार मसान्तमा नौ अर्ब ४२ करोड नौ लाख ३१ हजारको वासलात बनाएको छ । अघिल्लो आर्थिक वर्षमा ६९ करोड ४१ लाख ३० हजार २०० रुपैयाँको चुक्ता शेयर पूँजीलाई बृद्धि गरी ८८ करोड १९ लाख ३ हजार ७०० रुपैयाँ पुर्याइएको छ । यसरी नै साधारण जगेडा तथा अन्य कोषमा ७२ करोड १५ लाख ७६ हजार ५ सय रुपैयाँ पु्र्याइएको छ । गत आर्थिक वर्षसम्म संस्थाले सात अर्ब ५१ करोड दुई लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने एनएमसीसँग ४२ करोड दुई लाख ४७ हजार मूल्यको स्थिर सम्पत्ती रहेको प्रतिवेदनमा उल्लेख छ ।
    २०७६ \ ०७७ मा १६ हजार २ सय ६६ जना नयाँ सदस्य थप गरी ८५ हजार १ सय ३६ सदस्य संख्या पुर्याएको संस्थाले चालू आवमा २० हजार २ सय सदस्य विस्तार गरी १ लाख ५ हजार पुर्याउने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस वर्ष १२ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कोरोनाको कहरले एनएमसीलाई पनि गहिरो प्रभाव परेको बताएका छन् । कोरोना कहरका बेला संघीय सरकार, प्रदेश सरकार र स्थनीय तहले ल्याएका स्वास्थ्य सुरक्षा र सचेतना कार्यक्रमको पालना गर्दै आफ्ना सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । एनएमसीले लकडाउनका बेला सदस्यहरुलाई सापटी स्वरुप ३६ लाख २२ हजार ५ सय रुपैयाँ वितरण गरेको अध्यक्ष उप्रेतीले बताएका छन् ।
    पत्रकार सम्मेलनमा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गौतमले सदस्यको निक्षेप खातामा रकम ऋणात्मक देखिएकोले त्यसलाई सुधार गर्न सुझाव दिएका छन् । संस्थाको गत साधारणसभाले गरेका निर्णयको कार्यान्वयनदेखि संस्थाभित्रको आन्तरिक कारोबार समेतको विश्लेषण गरी सञ्चालक समितिलाई दर्जनभन्दा बढी सुझाव दिइएको छ ।

     संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले शब्दद्वारा स्वागत गरेको पत्रकार सम्मेलनको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.