Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको जेसीज सप्ताह सुरु
    कनकाई खबर बिशेष

    सुरुङ्गा जेसीजको जेसीज सप्ताह सुरु

    ramBy ram२०७५ मंसिर २१, शुक्रबार १४:०२ गते2 Mins Read

    कनकाई खबर डेक्स  \  सुरुङ्गा जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार शुक्रवारदेखी विविध कार्यक्रमका साथ जेसीज सप्ताह सुरु गरेको छ ।
    जेसीजको एक विशेष पर्वका रुपमा मानिने जेसीज सप्ताह कार्यक्रमको पहिलो दिनको उद्घाटन कार्यक्रम वक्तृत्व कलावाट सुरु भएको छ । एक हप्तासम्म विविध कार्यक्रमका साथ संचालन हुने अन्य कार्यक्रमहरुमा क्रमशः पर्यटकीय क्षेत्र धनुषकोटी धामदेखी कनकाई सामुदायिक वनसम्म मिनी म्याराथुन दौड, सुरुङ्गा चौकदेखी उत्तर तर्फ कालीस्थान सम्म वृक्षरोपण, व्याडमिन्टन प्रतियोगिता, फरक क्षमता भएका विद्यार्थीहरुलाई आवश्यक सामाग्री वितरण, आदर्श मावि घैलाडुवामा न्यानो कपडा वितरण साथै सोही स्थानमा जेष्ठ नागरीकहरुलाई लक्षित गरेर मनोरञ्जनात्मक कार्यक्रम संचालन हुने जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक कमल कट्टेलले वताएका छन् ।
    जेसीज सप्ताहको उद्घाटन कार्यक्रमको पहिलो दिन सम्पन्न भएको वक्तृत्व कला प्रतियोगितामा स्थानीय निजी तथा सामुदायिक गरी सातवटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । सहभागी मध्ये झापा मेरीगोल्ड अंग्रेजी माविका वेदान्त तिम्सिना प्रथम, मेची अंग्रेजी मावि माइधारका रक्षा देउजा दोस्रो र पशुपति अंग्रेजी मावि सुरुङ्गाका जेना शिवाकोटी तेस्रो भएका छन् । “परिवर्तनका लागि सुरुवात ” शिर्षक रहेको वक्तृत्वकला प्रतियोगितामा विजेता तीनैजनालाई कार्यक्रमका प्रमुख अतिथी जेसीज भवन निर्माणार्थ जग्गादाता घनश्याम वराल र सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईले नगद पुरस्कार सहित प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

    अन्य सहभागी विद्यालयहरुमा कनकाई मावि सुरुङ्गा, देवकोटा एजुकेशन फाउण्डेशन, चम्पा फ्लावर्स र विद्योदय अंग्रेजी मावि रहेका छन् । प्रतियोगिताको निर्णायक मण्डलमा कनकाई वहुमुखी क्याम्पसका उपप्राध्यापक रुद्रवहादुर थापा र विर्ता लेडी जेसीजकी युनिता दवाडी रहेका थिए । सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पूर्व अध्यक्ष एवम् कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुङ्गेल, जेष्ठ नागरिक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद वाराकोटी, कनकाई माविका प्राचार्य निर्मलकुमार खतिवडा, नवयुग शिक्षा निकेतन दुर्गापुरका प्रिन्सिपल अखिल कोइराला लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताकी संयोजक सुरुङ्गा जेसीजकी कार्यकारिणी उपाध्यक्ष उषा उप्रेतीले औचित्य सहित स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष पुष्पा कडेलले आस्थावाचन र सचिव त्रिलोचन उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.