कनकाई खबर \ भारतबाट अबैध रुपमा ल्याउँदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट शुक्रबार साँझ ७:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी एक लाख बराबरको सामान बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts