Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा संघीय लिम्बुवान मञ्चको प्रशिक्षण साथै शुभकामना आदानप्रदान
    समाचार

    कनकाईमा संघीय लिम्बुवान मञ्चको प्रशिक्षण साथै शुभकामना आदानप्रदान

    कनकाई खबरBy कनकाई खबर२०७७ कार्तिक ४, मंगलवार ०५:४५ गते2 Mins Read

    कनकाई खबर /  झापाको कनकाईमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल र कनकाई नगर वडा नंं. ७ वडा समितिको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान साथै राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       नेपालीहरुको महान मौलिक चाडपर्वको अवसर पारेर दुर्गापुरस्थित सामुदायिक भवनमा संचालन गरीएको अन्तरक्रियामूलक कार्यक्रम मञ्चका कनकाई ७ का वडा अध्यक्ष बसन्त मेन्याङ्बोको सभापतित्वमा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय. उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख अतिथि ज्ञानुहाङ इम्बुङले वर्तमानमा उठिरहेको पहिचान सम्बोधन र १०ं + १ प्रान्तको माग स्पष्ट रुपमा जातिवादी नभएको बताए । सबै खाले उत्पीडनको बिरुद्ध र मुक्तिकोलागि दाप सहितको खुकुरी चुनाव चिन्ह रहेको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालमा गोलबद्ध हुन कार्यक्रममा उपस्थित सबैमा आग्रह गरेका थिए ।

       कार्यक्रमको विशिष्ट अतिथिका रुपमा रहेका प्रमुख प्रशिक्षक पार्टीका उपमहासचिव भानु भट्टराई, त्यस्तै विशिष्ट अतिथी तथा प्रशिक्षक झापा जिल्ला अध्यक्ष धनबहादुर पङ्धाक, अर्का विशिष्ट अतिथी प्रान्तीय सचिव राजु राई, कनकाई नगर अध्यक्ष हाङ्बीर कुलुङ राई लगायतको सहभागिता रहेको थियो ।
    करीब २ घण्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वयले नेपालको बैकल्पिक शक्तिको रुपमा ०६२ सालमा स्थापित पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको नव दर्शन “सहअस्तित्ववाद”, पहिचानको आन्दोलनको औचित्य र पहिचान सहितको संघीयतामा लिम्बुवानको सम्भावना, महत्व, रणनीति र भावी कार्यदिशाबारे प्रष्ट पारेका थिए । कार्यक्रममा ३० जना भन्दा बढीलाई क्रियाशिल सदस्यता वितरण गरिएको थियो ।

       संघीय लिम्बुवान मञ्चका कनकाई नगर वडा नं.७ का उपाध्यक्ष सन्जिव लकान्द्रीले स्वागत गरेको कार्यक्रममा पार्टीका वडा सदस्य गीता नेम्बाङले औचित्यमाथी प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन पार्टीका कनकाई ७ का वडा मञ्च सचिव महेन्द्र कन्दङ्वाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.