Header Ad Header Ad Header Ad Header Ad

Most Viewed

Categories

Header Ad

कनकाईको सुरुङ्गा खोलामा भएको हत्या आशंकामा तीनजना युवा नियन्त्रणमा

कनकाई खबर / झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गा खोलामा एक व्यक्तीको शव फेला परेको छ । अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा कनकाई ३ का अभिषेक चौधरीको शव  रहेको प्रहरीले जनाएको छ ।

अभिषेक चौधरीको शव हत्या भएको आशंकामा प्रहरीले धरानबाट ल्याएको लैला र टिकु नामक कुकुर प्रयोग गरेर घटनामा संलग्नको खोजी गरिएको छ । घटनामा संलग्न भएको आशंकामा केहि युवालाई अनुसन्धानका लागि नियन्त्रणमा प्रहरीले लिएको छ ।

लैला र टिकुले घटनास्थलबाट पूर्व खोला पारी १ किलोमिटरसम्म टाढा पुगेर एउटा सानो खोल्सासम्म प्रहरीलाई पुर्याएको छ । हत्यामा संलग्नहरुले खोल्सासम्म पुगेर धोइपखाली गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।

सुरुङा खोला किनारको बाँस घारीमा विहानै घास काट्न जानेहरुले शव देखेका थिए । मंगलवार राती ९ बजे साथीहरुसँग हिडेका चौधरीको विहान शव भेटिएको थियो । प्रहरीका अनुसार युवकको शव पोष्टमार्टका लागि धरान पठाइएको छ ।

Facebook Comments Box

    Leave Your Comment

    Your email address will not be published.*

    Header Ad