Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सदस्यको दुखमा साथ दिदै सहारा
    समाचार

    सदस्यको दुखमा साथ दिदै सहारा

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २४, शनिबार ०८:०६ गते2 Mins Read

    कनकाई खबर / सहारा नेपाल (साकोस) सेवा केन्द्र इलामले संस्थाको कर्जासुरक्षण कोष सुविधा अन्तर्गतको १ लाख ४० हजार रुपैंयाको कर्जा मिनाहा गरेको छ ।

       सेवा केन्द्र इलाम अन्तर्गत सञ्चालित इलाम नगरपालिका.९ स्थित गोलबस्ती सहारा महिला समूहकी सदस्य विनता लम्जेललाई एक कार्यक्रमका विच सहाराले कर्जा मिनाहाको चेक हस्तान्तरण गरेको हो । शुक्रबार स्थानीय सरकारका तर्फबाट इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता एवम् इलाम नगरपालिका वडा नं.९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरे, समूह अध्यक्ष उर्मिला वेघा,सेवा केन्द्र प्रमुख के.पी. लुईटेल लगायत समूहका प्रतिनिधि, स्थानीय वुद्धिजिवी सहितको उपस्थितीमा विनता लम्जेललाई कर्जा मिनाहाको चेक हस्तान्तरण गरिएको हो । सदस्य वा सदस्यको पतिको निधन भएमा सदस्यले लिएको सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम अन्तर्गत कर्जा मिनाहा गरिएको ,सेवा केन्द्र प्रमुख लुईटेलले जानकारी दिएका छन् । सदस्य लम्जेलका पति योगेन्द्र शिवाको गत श्रावण १९ गतेका दिन निधन भएको थियो ।

       कार्यक्रममा संस्थाबाट हाल सम्म भएका गतिविधी साथै आगामी योजनाका बारेमा जानकारी दिँदै सेवा केन्द्र इलामका प्रमुख लुईटेलले संस्थाको सेवा क्षेत्र अहिले प्रदेश नं. १का ६ वटा जिल्लामा सञ्चालित रहेको साथै यथाशिघ्र थप ५ वटा जिल्लामा समेत सेवा संचालनकालागि सरकारको नीति अनुरुप सहकारी एकीकरण कार्य भइरहेको बताएका छन् ।

       कोरोनाको महामारीसँगै सेवा क्षेत्रका विपन्न समुदायमा खाद्य सामाग्री वितरणमा सक्रियता देखाएको सहाराले समुदायसँगको साझेदारी तथा स्थानीय सरकारसँगको समन्वयमा झापाको कनकाईमा पिसिआर ल्याब स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी गराइएको छ । संस्थाले प्रसुती स्याहार, सर्पदंश सेवा, कुकुरको टोकाई, आगलागी जस्ता विपतमा संस्थाको कर्जासुरक्षा कोष कार्यक्रम अन्तर्गत सदस्यलाई राहत प्रदान गरिने साथै जिवन वरदान कार्यक्रम लगायतका बारेमा सेवा केन्द्रका प्रमुख लुइटेलले जानकारी गराएका थिए ।

       समूहकी अध्यक्ष उर्मिला वेघाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सामाजिक क्षेत्रमा सहाराले खेलेको भूमिका यथार्थमा नाम अनुसारकै काम भएको भन्दै खुशी व्यक्त गरेका थिए । इलाम नगरपालिका वडा नं.९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले सदस्यको दुखमा साथ दिँदै आएको सहाराको कार्यक्रमका बारेमा पाएको थप जानकारीले स्थानीयबासीमा राहतको महशुस गराएको बताएका छन् । समुदायको हितकालागि सहकारी संस्थाले गरेको सेवाको कार्यबाट सरकारलाई समेत सहयोग पुगेको भन्दै सहभागीहरुले संस्थाको सफलताको कामना गरेका थिए ।

    संस्थाका कर्मचारी कुलप्रसाद प्रसाईँले संचालन गरेको कार्यक्रमको व्यवस्थापन कर्मचारी बलराम दाहाल र सरस्वती कार्कीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.