झापा गाउँपालिका \ स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकहितकालागि गठन भएको झापा गाउँपालिका स्तरीय स्थानीय तह कर्मचारी मञ्च तदर्थ समितिको संयोजकमा जीवन ढकाल सर्वसम्मत रुपमा चयन भएका छन् । 
झापा गाउँपालिकाका प्रशासन शाखा अधिकृत हिमाल मिश्रको अध्यक्षतामा शुक्रवार भएको कर्मचारीहरुको भेलाले गाउँपालिकाका शिक्षा शाखा अधिकृत जीवनप्रसाद ढकालको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितीको सह संयोजकमा महेश बराल, सचिव हिमाल मिश्र, सह सचिव मनिष गुरागाईं तथा कोषाध्यक्ष प्रतिमा रिमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा बिमस राई, लक्ष्मण बिक, रामजी अधिकारी, चन्द्रमणि तिम्सिना, अम्बिका गौतम, नारायण चम्लागाईं, युवराज दाहाल र रीता बर्देवा चयन भएको नव गठित समितीका सहजकर्ता तथा झापा जिल्ला तदर्थ समिति सह संयोजक पूर्ण चन्द्र मैनाली (उदय) ले जानकारी दिएका छन् ।
कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जीवन निरौला, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती झापा जिल्ला सचिब प्रेम नेउपाने, अखिल नेपाल करार ज्यालादारी संगठन झापाका उपाध्यक्ष दीपेन्द्र नेउपाने, पालिका स्वास्थ्य संयोजक लक्ष्मण बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मञ्चका जिल्ला तदर्थ समिति सह संयोजक समेत रहेका पूर्ण चन्द्र मैनाली(उदय) ले सहजीकरण गरेको कार्यक्रममा पालिकाका प्रमुख प्रकाशकीय अधिकृत निरौलाले कर्मचारी संगठनले व्यवसायिकता अङ्गाल्दै आफ्नो पेशागत हकÞहितको पक्षमा एकताका साथ अघि बढ्न सुझाब दिएका थिए । प्रमुख प्रकाशकीय अधिकृत निरौलाले नव गठित समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै संगठित शक्तिको सही सदुपयोग हुन सकेमा सवै पक्षलाई फाइदा हुने कुरामा जोड दिए । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजÞामती झापा जिल्ला सचिब प्रेम नेउपानेले कर्मचारीको पीड़ामा मलम लगाउने र साझा समस्याका विषयमा आवाजÞ उठाउने कार्यमा समिति अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।