झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ । उनले आफू कोरोना संक्रमणको सिकार भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो नियमित सम्पर्कमा रहेकाहरुलाई सचेत हुन आग्रह पनि गरेका छन् ।
समन्वय समिति प्रमुख पोर्तेलले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts