Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लब सुरुङगाको पद हस्तान्तरण, रोट्रयाक सुरुङ्गामा डाक्टर मनिष
    समाचार

    रोटरी क्लब सुरुङगाको पद हस्तान्तरण, रोट्रयाक सुरुङ्गामा डाक्टर मनिष

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १७, शनिबार १२:३० गते3 Mins Read

     

     

    कनकाई खबर \  झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुको सक्रियतामा स्थापना भएको रोटरी क्लब अफ सुरुङगाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । दुर्गापुरस्थित वृक्ष क्याफेमा शनिबार एक विशेष कार्यक्रमका बिच रोटरीको पद हस्तान्तरण सम्पन्न भएको हो ।  

     तीन वर्ष अघि रोटरी क्लव अफ विर्तामोड मिडटाउनले मातृत्व प्रदान गरेको सुरुङ्गा रोटरीमा यस अघि नै वर्ष २०२०÷२१ कालागि सर्वसम्मत नेतृत्व चयन भएको थियो । स्थानीय शिक्षासेवी सामाजिक व्यक्तित्व टिकाप्रसाद जमर कट्टेलको अध्यक्षतामा क्लबको नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । वर्ष २०१९÷२० का अध्यक्ष कुमारमणि पोखरेलले नवनिर्वाचित अध्यक्ष कट्टेललाई पदभार हस्तान्तरण गर्दै रोटरीको नियमअनुसार सपथ खुवाएका थिए । बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले नवनिर्वाचित अध्यक्ष कट्टेललाई रोटरीयन कलर(चेन) लगाइदिएका थिए भने रोटरी क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेतीले रोटरीयन पिन हस्तान्तरण गरेका थिए । त्यस्तै निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले ग्याबल हस्तान्तरण गरेका थिए ।

       अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित रोटरी क्लव अफ सुरुङ्गाले छोटो समयमै समाज रुपान्तरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै सहभागीहरुले क्लबले गरेको कार्यप्रति प्रशंसा गरेका छन् । समुदायमा क्लवले गरेको सकारात्मक कार्यको उच्च मूल्यांकन गर्दै पदहस्तान्तरण कार्यक्रमकै अवसरमा स्थानीय शिक्षासेवी, सामाजिक अभियन्ता डिल्लीराम र रेणुका मैनाली, चन्द्रकला कट्टेल र दलबहादुर श्रेष्ठ(पप्पु) ले रोटरी क्लव अफ सुरुङ्गाको सदस्यता लिएको क्लबका जनसम्पर्क अधिकारी राम निरौलाले बताएका छन् ।

       रोटरी क्लबको पद हस्तान्तरणसँगै रोट्रयाक क्लव अफ सुरुङ्गालाई औपचारिक्ता प्रदान गरिएको छ । रोट्रयाक क्लव अफ विर्तामोड मिडटाउनले मातृत्व प्रदान गरेको रोट्रयाक क्लव सुरुङ्गाको अध्यक्षमा सर्वसम्मत भएका डाक्टर मनिष उप्रेतीलाई रोट्रयाक क्लव विर्तामोड मिडटाउन वर्ष २०१८ \ १९ का अध्यक्ष सनी गोयलले सपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष डाक्टर उप्रेतीले क्लवका अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । रोट्रयाक क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डाक्टर उप्रेती, पशुपति अंग्रेजी मावि सुरुङ्गाका अध्यक्ष पुण्यप्रसाद र भिमा उप्रेतीका सुपुत्र एवम् यसै विद्यालयका प्रिन्सिपल साथै सुरुङ्गा रोटरी क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेतीका भतिजा हुन् । डाक्टर उप्रेतीसँगै प्रेसिडेन्ट इलेक्टमा दिपेन ओली, भाइस प्रेसिडेन्टमा अनु पौडेल, सक्रेटरीमा प्रतापबाबु जमरकट्टेल, ट्रेजररमा सारीका गिरी रहेका छन् । त्यस्तै अन्य पदाधिकारी तथा सदस्यहरुमा दिपेश तिवारी, अभिशेक श्रेष्ठ, कृतिज्ञा गौतम, सिए सञ्जय अग्रवाल, रोशन शाह, सन्ध्या बस्नेत, रिकेश प्रसार्इँ, सन्दिप गिरी, डाक्टर संकल्प कार्की, सविन ढकाल, प्रदिप उप्रेती, सविन खरेल, राजु गर्ग, समिक्षा श्रेष्ठ, योगेश कार्की, सोहन उप्रेती, सिसम रोक्का, अर्जुन ढकाल, रोहन उप्रेती र सविता उप्रेती रहेका छन् ।  

    रोटरी क्लब सुरुङ्गाका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्व रहेको कार्यक्रममा बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष साथै सुरुङ्गा रोटरीका जि.एस.आर. सन्तोष अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । क्लबका प्रेसिडेन्ट नोमिनी खेम प्रसाईले स्वागत गरेको कार्यक्रममा विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष शिब अग्रवाल, वर्तमान अध्यक्ष प्रशान्त भण्डारी, सुरुङ्गा रोटरीका संस्थापक अध्यक्ष एलपी उप्रेती, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, रोट्रयाक बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सरोज जोसी, पूर्व अध्यक्ष सनी गोयल, वर्तमान अध्यक्ष प्रकृति न्यौपाने, रोट्रयाक दमकका संस्थापक अध्यक्ष विरोध सुवेदी लगायतले मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रमको संचालन सुरुङ्गा रोटरीका लुबराज उप्रेतीले गरेका थिए भने प्रथम उपाध्यक्ष मोतिखर ओझाले धन्यवाद मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.