Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेललाई उत्कृष्टताको सम्मान सहित विदाइ
    समाचार

    अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेललाई उत्कृष्टताको सम्मान सहित विदाइ

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १६, शुक्रबार १४:२५ गते2 Mins Read

    अर्जुनधारा  \   झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई  बिधाई गरिएको । २ बर्षे सेवा अवधीमा अधिकृत भुर्तेलबाट उत्कृष्ठ कार्यसम्पादन भएको भन्दै नगरसहित नगरका विभिन्न संघ/संस्थाले शुक्रवार  भुर्तेललाई बिधाई गरेका हुन् ।

       नगरले प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रसहित बिधाई गरेको छ । बिधाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले अर्जुनधारामा काम गर्दा सन्तुष्ट भएको बताए । ‘अर्जुनधारामा काम गर्न असहज हुने सुनेको थिए’ प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले भने ‘तर, त्यो वातावरण भएन ।’ आफु आउँदा ४२/४३ कर्मचारी भएको बताउँदै उनले भने ‘हाल ३ सयदेखि ३ सय ५० जना कर्मचारी छन् ।’ उनले प्रदेशमा सरुवाको माग गरे बमोजिम सरुवा भएकोमा खुसी व्यक्त गरे ।

        अर्जुनधाराका नगर प्रमुख, उपप्रमुख, सवै जनप्रतिनिधि, कर्मचारीहरुसँग सहज वातावरण भएको बताए । उनले सरुवा भएपनि यस नगरका लागि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गरे । उनी प्रदेश नं. १ विराटनगरमा मुख्यमन्त्री कार्यालयमा उप सचिव पदमा बढुवा भई सरुवा भएका छन् ।

     

         नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको बिधाई समारोहमा जनप्रतिनिधिका तर्फबाट उप मेयर कमला आचार्य खतिवडा, पत्रकारका तर्फवाट अग्रज पत्रकार कृष्ण हुमागाई, अर्जुनधारा शिक्षक महासंघका तर्फबाट अध्यक्ष पुन्य सुवेदीलगायतले सु–स्वास्थ्य, दीर्घायुसहित उन्नतीप्रगतिसहित उज्यल भविश्यको कामना गर्दै बिधाई गरेका थिए ।

         कर्मचारीका तर्फबाट बोल्दै नगरका लेखा अधिकृत रामचन्द्र घिमिरेले भुर्तेलले असल अभिभावकको भुमिका निर्वाह गरेको बताए । भुर्तेलले समय अनुसार परिस्थितिलाई बुझेर सवै कर्मचारीलाई समान व्यवहारसहित प्रेराणादायिक कार्य गरेको बताए । सोही कार्यक्रमकावीच जनप्रतिनिधि रमेश त्रिखत्रीले बिधाई गीत समेत प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.