Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा मनाईयो ४१ औ सामाजिक सेवा दिवस
    समाचार

    झापामा मनाईयो ४१ औ सामाजिक सेवा दिवस

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १२, सोमबार १३:४६ गते2 Mins Read

    कनकाई खबर \  झापामा ४१ औ सामाजिक सेवा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ । सामाजिक सेवा दिवसको अवसर पारेर झापाको मेचीनगर नगरपालिका ७ स्थित जागृत बाल उद्दार केन्द्रमा रहेका १४ जना वालवालिकालाइ खाद्यान्न सामाग्री वितरण गरिएको छ।

      लुथरन विश्व फेडेरेसन नेपालको सहकार्य तथा न्याय तथा विकासका लागि सामाजिक संजाल ९क्ल्(व्म्० र गैर सरकारी महासंघ झापाको आयोजनामा मेचीनगर नगरपालिका वडा नं ७ स्थित जागृत वाल उद्धार केन्द्रमा रहेका अनाथ,पारिवारिक विचलन भएका संखवासभा, ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर लगायतवाट उद्धार गरी ल्याइएका १४ जाना वालवालिकालाई चामल, दाल, नुन, तेल, फलफुल लगायतका सामाग्री वितरण गरिएको थियो । गैर सरकारी महासंघ झापाका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उप प्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य छविलाल खतिवडा, न्याय तथा विकासका लागि सामाजिक संजालका कार्यक्रम संयोजक कुमार चुडाल लगायतले उक्त सामाग्री वितरण गरेको न्याय तथा विकासका लागि सामाजिक संजालका प्रतिनिधि रंजन धमलाले जानकारी दिए ।

     

        साामजिक सेवा दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत यस अघि लुथरन विश्व फेडेरेसन नेपाल, न्याय तथा विकासका लागि सामाजिक संजाल र गैसस महासंघ झापाको आयोजनामा मेची अंचल अस्पतालको आईसोलेशनमा रहेका २८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको गैसस महासंघ झापाका अध्यक्ष हरि गौतमले जानकारी दिए । त्यस्तै लुथरन विश्व फेडेरेसन नेपालको सहकार्य तथा न्याय तथा विकासका लागि सामाजिक संजालले झापा गाउपालिका तथा गौरिगंज गाउपालिकामा रहेका अपाङ्गता भएका २२० जना महिलाहरुलाई डिग्निटी किट्स प्रदान गरेको न्याय तथा विकासका लागि सामाजिक संजालका अध्यक्ष सोमनाथ भट्टराईले जानकारी दिए । डिग्निटी किट्समा लुगाधुने सावुन, नुहाउने सावुन, चप्पल, व्रश, पेस्ट, झोला, काईयो, नेल कटर, सिटी, टर्च लाईट, पुन ः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लगायतका सामाग्री रहेको थियो । झापा गाउपालिकाकामा भएको कार्यक्रममा झापा गाउपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्ती बुढाथोकी, लुथरन विश्व फेडेरेसनका कार्यक्रम अधिकृत यज्ञमूर्ति गौतम तथा अपाङ्गता समावेसी विकास समिति झापा अध्यक्ष रामराज गणेश, मानव अधिकारकर्मी दिपक दास लगायतले सामाग्री हस्तान्तरण गरेका थिए। कार्यक्रमको संचालन झापा गाउपालिकाका प्रशासन अधिकृत हिमाल मिश्रले गरेका थिए। त्यस्तै गौरिगंज गाउपालिकामा भएको कार्यक्रममा गौरिगंज गाउपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, गौरिगंज अपाङ्गता सहयोग समितिका अध्यक्ष शेरमान बुढाथोकी लगायतले उक्त सामाग्री हस्तान्तरण गरेका थिए।

         सोहि कार्यक्रममा स्वास्थ्यकर्मीहरु राधिका ढुङ्गाना, विनिता तामाङ्ग र प्याडयात्राकी अभियान्ता प्रकृति न्यौपानेले पुन ः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रयोग गर्ने तरिका र यसको फाईदाको वारेमा सहजीकरण गरेको न्याय तथा विकासका सामाजिक संजालका अध्यक्ष सोमनाथ भट्टराइले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.