Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती
    कनकाई खबर बिशेष

    प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १०, शनिबार १४:२४ गते2 Mins Read

     

    कनकाई खबर \  प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टामा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा जि आर धिताल, कोषाध्यक्षमा रिता दाहाल र सहसचिवमा भुमिका सुब्बा चयन भएको निर्वाचन समितिका संयोजक सन्तोष आचार्यले बताए । समितिको सदस्यहरुमा प्रकाश पौडेल, बिकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा चयन भएका छन् ।

    मेचीनगरलाई कार्यक्षेत्र बनाएर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका पत्रकार जिएन शर्मालाई ११,१११।– राशीको मेचीनगर पत्रकारिता पुरस्कार र नवोदित पत्रकार खगेन्द्र घिमिरेलाई ५,५५५।– राशीको मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । अधिवेशनका प्रमुख अतिथि प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले दुवै पुरस्कृत पत्रकारहरुलाई सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।
    अधिवेशनको उदघाटन गर्दै मन्त्री कार्कीले बिश्व महामारीको रुपमा रहेको कोरोनाका कारण संकटमा परेका सञ्चार संस्थाहरुलाई प्रदेश सरकारले सहयोग गरेको र आगामी दिनमा पनि सञ्चार संस्था र सञ्चारकर्मीहरुको क्षमता बिकासमा प्रदेश सरकारले सहयोगी भुमिका खेल्ने बताए ।

    सत्य र तथ्यमा रहेर कलम चलाउन मन्त्री कार्कीले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भने, ‘गलत काम गर्ने जो सुकै भए पनि निडर भएर समाचार लेख्नुहोस, सहि आलोचनालाई सबैले स्वागत गर्नु पर्छ ।’   कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रदेश सांसद श्रीप्रसाद मैनालीले सञ्चारकर्मीहरुलाई संस्थागत रुपमा आफ्नो ब्यक्तिगत र प्रदेश सरकारको समेत केही योजना ल्याउने प्रतिबद्धता जनाए ।

    प्रेस क्लबका संयोजक मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    मेचीनगरका पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको प्रेस क्लबको काकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आज सम्पन्न अधिवेशनमा क्लबका सचिव झुलन रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने क्लबका सहसंयोजक ज्ञानेन्द्र निरौलाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.