Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा वृद्धको मृत्यु भएपछि वडा नं.६ मा सिल
    समाचार

    झापा गाउँपालिकामा वृद्धको मृत्यु भएपछि वडा नं.६ मा सिल

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन ८, बिहीबार ०९:२४ गते2 Mins Read

     

     कनकाई खबर  \ झापा   गाउँपालिकाको वडा नं.६ मा कोरोना संक्रमणका कारण एक ७७ वर्षिय वृद्धको गएराति मृत्यु भएको छ ।

           मृतक वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । मृत्यु भएका वृद्धको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको पालिका स्वास्थ्य प्रमुख बिश्वकर्माले कनकाई खबरलाई जानकारी दिए ।

         मृतकका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुबा भेट्न आएका थिए । त्यसपछि असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टबाट कोरोना संक्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि मृतकमा सामान्य ज्वरो,रुघाखोकीको लक्ष्यण देखिएको थियो । क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीनदिन अघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि मृतक वृद्धको भने रिपोर्ट पोजेटिभ आएको बताइएको छ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धित समस्यामा रहेका वृद्धको गएराति निधन भएपनि रिपोर्ट भने आज बिहिबार बिहान मात्र पुष्टी भएको बताइएको छ ।

         वृद्धको मृत्यु भएपछि झापाको दक्षिणी क्षेत्र भारतसँग सिमा जोडिएको झापा गाउँपालिकाको वडा नंं.६ लाई तीन दिनकालागि (सिल) निषेधाज्ञा जारी गरिएको छ । कोरोनाका कारण मानवीय क्षति सहितको संक्रमण फैलिएको भन्दै यसको नियन्त्रण तथा रोकथामकालागि गाउँपालिका अध्यक्ष जयनारायण शाहको उपस्थितीमा वडास्तरीय विपद व्यवस्थापन समिति साथै सम्बन्धित सबै पक्ष बिचमा बसेको आकस्मीक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको वडा सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिएका छन् ।

        वडा नं.६ का वडाअध्यक्ष हरिबहादुर बानीयाँको अध्यक्षतामा बसेको समितिको बैठकले वडाको पूर्वमा बिरिङ खोला, पश्चिममा सानो माइखोला, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी चोक सम्मको क्षेत्रमा अतिआवश्यक सेवा बाहेक अन्य गतिविधि गर्नकालागि आज असोज ८ गते साँझ ५ बजेदेखि असोज ११ गते राती १२ बजे सम्मलाई निषेध गरिएको बताइएको छ ।

       समितिको बैठकले निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरु नियमित संचालन गर्न पाइने, क्वारेन्टिन प्रयोजनकालागि संचालित होटलहरु सोही प्रयोजनकालागि मात्र संचालन गर्न पाइने, अमरपथ सडक खण्डमा चल्ने सवारी साधनलाई अवरोध नगर्ने तर निषेधित क्षेत्रमा रोक्न अथवा भेला हुन नदिने निर्णय भएको वडाअध्यक्ष हरिबहादुर बानियाँले जानकारी दिए । वडाबासीलाई अत्यावश्यक काम परेमा वडाअध्यक्ष बानियाँ,स्वास्थ्य संयोजक लक्ष्मण बिश्वकर्मा तथा प्रहरी नायव निरिक्षक खड्ग गिरीलाई सुचना गरेर मात्र बाहिर निस्कन पाउँने लगायतका निर्णय भएको बताइएको छ ।  बैठकले निषेधाज्ञा जारी भएको समय अनुगमन अथवा समन्वयकालागि केशब बजगाईँको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.