Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोभिड राजनीतिको जनस्वास्थ्यमा प्रभाव
    समाचार

    कोभिड राजनीतिको जनस्वास्थ्यमा प्रभाव

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन ६, मंगलवार ०४:०४ गते2 Mins Read

    कनकाई खबर / झापाको मेचीनगर ५ निवासी ७२ वर्षीय एक महिलाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतवार राती ९ बजे निधन भएको छ ।

       कोभिड राजनीतिले जनस्वास्थ्यमा समेत प्रभाव पारेको भन्दै उचित स्वास्थ्य उपचार नपाएकै कारण महिलाको निधन भएको परिवारले दाबी गरेको छ । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारकोलागि झापाकै कनकाई अस्पताल बिर्तामोडमा असोज १ गते भर्ना गरिएको थियो । अस्पतालको आइसियु कक्षमा भएको उपचारका क्रममा बिरामीको कोरोना परिक्षणकालागि बिर्तामोडसहित भद्रपुरका समेत नाम चलेका अस्पतालमा केमिकल नभएको भन्दै स्वाब संकलन हुन नसकेपछि बिरामीको उपचारमा थप जटिलता आएको पारिवारीक स्रोतले जनाएको छ ।

       जसका कारण बिरामीको अवस्था झन जटिल बन्दै गएका कारण तीन दिनपछि अस्पतालले बिरामीलाई धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए । तर धरानमा ३ घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समेत समयमा उपचार नपाएकै कारण ती महिलाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

       महिलाको निधनपछि अस्पतालले कोरोना परिक्षणका क्रममा गरेको स्वब संकलनको रिपोर्ट पोजेटिभ आएको परिवारलाई जानकारी गराएको थियो । कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको सोमबार बेलुका ८ बजेको समयमा झापाको कनकाई घाटमा परिवारका सदस्य, आफन्तजनका साथमा नेपाली सेनाले दाहसंस्कार गरेको बताइएको छ । दाहसंस्कारकै क्रममा पनि कोरोना संक्रमण पुष्टी भएको प्रमाणको कागज समेत परिवारलाई सम्बन्धित अस्पतालले उपलव्ध नगराएको भन्दै सम्बन्धित परिवारका सदस्यहरुले आक्रोस पोखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.