Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अब बन्दको विकल्प खोज्न जरुरीः ब्यवसायी
    समाचार

    अब बन्दको विकल्प खोज्न जरुरीः ब्यवसायी

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन २, शुक्रबार ०८:२० गते5 Mins Read

    बिर्तामोड  \  झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि ब्यपार ब्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहिता तत्काल लागूगर्नु पर्नेमा जोड दिएका हुन् ।
    संवाद समूह भापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नीजि क्षेत्रका ब्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनुपर्ने सावधानी अप्नाउँदै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने बताए । कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए । अनावश्यक हिड्डुल बन्द गनुपर्ने भन्दै अब ग्रहाक र ब्यवसायी दुवै सचेत बन्नुको विकल्प नभएको बताए ।

    झापा उद्योग संघका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण ब्यपार ब्यवसाय बन्द हुदाँ आर्थिक मन्दि शुरु भएको बताए । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर ब्यवसायीहरुलाई आफ्नो ब्यवसायमा प्रोत्सहान गर्नुपर्नेमा जोड दिए । अब क्रेता र विक्रेता आफैं सचेत बन्दै ब्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक सावधानी अप्नाउन ठाँउ–ठाँउमा हात धुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    नेपाल चेम्बर केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले उद्योग ब्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए । नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नु पर्ने भन्दै उनले नीजि क्षेत्रले आफैं आवश्यक सावधानी अप्नाएर उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । अनावश्यक हिडडुल बन्द गनुृपर्ने र अत्यावश्यक काम बाहेक घुमफिर बन्द गर्नुपर्ने बताए । झापाका शहरी क्षेत्रमा भिडभाड बढ्न थालेकाले आवश्यक सावधानी अप्नाउनुको विकल्प नभएको उनको भनाई छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले व्यपार ब्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अप्नाएर ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरे । ब्यपार ब्यवसाय ठप्प हुदाँ धेरैले रोजगारी समेत गुमाउनु परेको र केहि ब्यवसायी आफ्नो ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले यो समयमा कर छुट दिनुपर्ने भन्दै उनले अब नागरिक आफै सचेत बन्नुपर्ने उल्लेख गरे ।

    नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्यागीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले बन्दको विकल्प खोजेर सुरक्षित रुपमा ब्यपार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अप्नाएर अघि नबढे मजदुरहरु झनै समस्यामा पर्ने बताए । उनले पीसीआर परिक्षणको दायरा बढाउन सरकारसंग माग गरे ।

    ट्राभल एजेन्टका शेखर ढकालले असोज ५ गतेबाट आन्तरिक रुपमा हवाई उडान गर्ने भएकाले ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर सेवा सञ्चालन गर्ने बताए । उनले बालबालिका र वृद्धवृद्धाहरुलाई यात्रा नगर्न आग्रह गर्दै आवश्यक काम बाहेक नहिड्न अनुरोध गरे । हवाई यात्रालाई सुरक्षित बनाउन आफुहरु तयार रहेको उनको भनाई छ ।

    महिला चेम्बर झापा झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका काणर ब्यवसायीहरु समस्यामा परेको उल्लेख गरिन् । उनले विशेष गरेर महिलाहरुले सञ्चालन गरेको ब्यवसाय झनै धरासायी बनेको र यो समयमा घरधनी र बैंकको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरु पुगेको बताइन् । उनले सरकारले महिलाले सञ्चालन गरेको ब्यपार ब्यवसायलाई प्रर्वधन गर्न विशेष नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

    आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने र अब बन्द गरेर बस्न नसक्ने होटल ब्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको भनाई छ । लामो समयसम्म होटल ब्यवसाय बन्दहुदाँ धेरै ब्यवसायीहरु ब्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको र झापाका २० हजारबन्दा बढी मजदुरुहरु बेरोजगार अवस्थामा बस्नुपरेको बताए । उनले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर खोल्नुको विकल्प आफुहरुसंग नरहेको बताए ।

    प्यावसन झापाका हरिकृष्ण पाठकले लामो समयसम्म शेक्षिक क्षेत्र बन्द हुदाँ शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको बताए । पठनपाठन बन्द हुदाँ झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योलमा रहेको र कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले यो अवस्थामा अभिभावकलाई पनि शुल्क तिर भन्ने अवस्था नरहेको र नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्यौल रहेको विचार ब्यक्त गरे । अनलाइन मार्फत केहि विद्यालयले कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताइएको छ ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव देवी भट्टराईले कोरोनाको सबैभन्दा धेरै मार यातायात क्षेत्रमा परेको बताए । उनले अब यातायात ब्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर यातायात सञ्चालन गर्ने बताए । उनले यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर मात्रै यात्रा गराउने बताए । लामो समय यातायात बन्द हुदाँ चालक र सहचालक समस्यामा परेको उल्लेख गरे ।

    मेची बस ब्यवसायी संघका अध्यक्ष विष्णुकमार श्रेष्ठले लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए । उनले हालसम्म कोही पनि चालक तथा सहचालक संक्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफुहरु सचेत रहेको बताए । उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए ।

    महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले आवश्यक सुरक्षा सर्तकता अप्नाएर आ–आफ्नो ब्यपार ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरिन् । कोरोनाका कारण ब्यपार ब्यवसाय ठप्प हुदाँ धेरैको रोजगारी गुमेको भन्दै अब सरकारले विशेष सहुलियत कर्जा दिनुपर्ने बताइन् ।

    हार्डवेयर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले अब सबै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अप्नाउनु पर्नेमा जोड दिए । ९९ प्रतिशत हार्डवेयर ब्यवसायीले बैंकबाट ऋण लिएर ब्यवासय गरिरहेको र अहिले बन्द रहेको अवस्थामा समेत बैंकको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित भएको बताए । बैंकहरुले सहुलियत कर्जा दिने बहानामा ब्याज असुल्ने काम गरिरहेकाले बैंकहरुको नियमन गर्न सरकारलाई आग्रह गरे । उनले कोरोनाका कारण ब्यपार ब्यवसाय चौपट्ट भएकाले आवश्यक सावधानी अप्नाएर सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

    सामूहिक छलफलबाट ८ बुँदे साझा प्रतिबद्धता जनाउदैं आवश्यक स्वास्थ्य सावधानी अप्नाउन सबैसंग आग्रह गरिएको छ । छलफलको सहजिकरण संवाद समूहका अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.