Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगर प्रमुखको अनुगमन उपप्रमुख नेतृत्वको टोलीद्धारा राहत
    आर्थिक

    नगर प्रमुखको अनुगमन उपप्रमुख नेतृत्वको टोलीद्धारा राहत

    कनकाई खबरBy कनकाई खबर२०७७ आश्विन १, बिहीबार ०७:१० गते3 Mins Read

    झिलझिले / समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ ।

       होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनीहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते देखि वडाले बजार क्षेत्र सिल गरेको थियो ।
    बुधबार संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि भने शिवगञ्ज बजारको जनजीवन सामान्य बनेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको खवर शिवगञ्ज बजारमा एकै छिनमा सनसनी भएको थियो । स्थानीयले भने, ‘हिपहिप हुर्रे, कोरोना रिपोर्ट नेगेटिभ ।’

       शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना संक्रमित क्षेत्रका स्थानीयसंग भेट गरेपछि तत्काल बजारका केहि घर सेनिटाईज गरिएको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का सदस्य लक्ष्मी गुरागाईले बताए । ‘मेयर साहेब विहान आउनु भयो । दिउसो सेनिटाइज भएको हो,’ उनले भने । नगर प्रमुख चन्द्रकुमार शेर्माले संक्रमित संगपनि भेटघाट गरेका थिए । नगर प्रमुख शेर्माले उनीहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

    दुःखीलाई राहत

    नगर प्रमुख शेर्माले शिवगञ्ज बजार क्षेत्रका संक्रमित र अति विपन्न बर्गका स्थानीय संग भेट गरेपछि दिउँसो शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको छ ।
    शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रवक्ता नविन ईजम, क्वारेिन्टन व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठ, नगर सदस्य राम नरेश शर्मा,वडा नम्बर ६ का वडा सदस्य लक्ष्मी गुरागार्इं, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली, दुधे आयुर्वेद औषधालयका प्रमुख शिवसताक्षी उद्योेग वाणीज्य संघका अध्यक्ष भोला मैनाली र नगरका स्वास्थ्य साखाका कर्मचारी संजय ठकुरी नेतृत्वका टोली, नेकपाका स्थानीय नेता सिताराम भेटवालले विपन्नलाई राहत दिएका थिए ।

       बिस किलोग्राम चामल, १ किलोग्राम नुन, १ किलोग्राम दाल, १ लिटर खानेतेल र हातधुने साबुन राहत प्रदान गरेका हुन् ।

    संक्रमित सुत्केरीलाई घ्यू

    शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपालले कोरोना संक्रमित एक सुत्केरी महिलालाई घ्यू र हर्लिक्स प्रदान गरेकी छन् । वडा नम्बर ५ स्थीत संक्रमित महिलाको घरैमा पुगेर उपप्रमुख नेपाल लगायत क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठले संक्रमित सुत्केरीलाई भेटेर सुत्केरी पोषणयुक्त सामग्री प्रदान गरेका हुन् ।

       उनीहरुले संक्रमित महिलालाई बेचैन नहुन र आत्मबल दरो बनाउन सुझाए । सुत्केरी महिलाका अनुसार कोरोनाको कुनै लक्षण नभएकोले रिपोर्टमा संङका लागेको उपप्रमुख नेपाललाई प्रतिकृया दिईन । सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    स्वास्थ्य सामग्री वितरण

    कोरोना संक्रमित र उनका एकाघर परिवारका सदस्यलाई नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । दुधे स्थीत आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोख्रेल र शिवसताक्षी नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

       स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीका अनुसार संक्रमित र उनका परिवारलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने अश्वगन्धा पाउडर, माईरोजील सिरफ, मास्क, सेनिटाइजर, गुर्जो र ग्लोब्स बितरण गरिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.