Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको कनकाईमा पीसीआर ल्याब (बि) को उद्घाटन (भिडियो सहित)
    समाचार

    झापाको कनकाईमा पीसीआर ल्याब (बि) को उद्घाटन (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ३१, बुधबार १६:२० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा नागरिक स्तरबाट संकलन भएको एक करोड बढीको लागतमा पिसिआर ल्याब संचालनमा आएको छ ।
    सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा स्थापना भएको ल्याबको प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।

     

       कनकाईको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पाँचदिनअघिदेखि नमूना परिक्षणका रुपमा ९ सय ८० जनाको पिसिआर परिक्षण गरिएको बताइएको छ । पिसिआर ल्याब आज(बुधबार) उद्घाटन गर्दै १ नं. प्रदेश प्रमुख प्यासीले जनस्तरबाट साथ र सहयोग प्राप्तपछि संचालनमा आएको ल्याबलाई थप व्यवस्थित बनाउँदै यसको निरन्तरतामा जोड दिन सम्बन्धित सबैलाई अनुरोध गरे । प्रदेश नं.१ मा आउँन सक्ने स्वास्थ्य समस्यालाई सहज बनाउँन प्रदेश सरकार सधैं सचेत रहेको बताउँदै प्रदेश प्रमुख प्यासीले रचनात्मक कामकालागि सबै पक्षबाट सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् ।

       मेची प्रादेशिक अस्पताल झापाको मातहतमा रहने गरी संचालनमा आएको पिसिआर ल्याब उद्घाटन कार्यक्रममा प्रदेश नं.१ का प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताको जीउधनको सुरक्षाकालागि सरकारका सबै तहका निकाय अब थप क्रियाशिल रहनु पर्ने बताएका छन् । सबै राजनीतिक पार्टीहरुको आधारभूमि भएको झापाबाट संचालन हुने सिर्जनात्मक काममा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दै मन्त्री कार्कीले झापामा संचालनमा आएको दोस्रो पिसिआर ल्याबलाई निरन्तरता दिनकालागि प्रदेश सरकारले जिम्मा लिने प्रतिबद्धता जनाएका छन् ।

       तीन महिना अघि नै संचालनमा आउँनुपर्ने पिसिआर ल्याबको सेवा विस्तारमा भएको ढिलासुस्तीलाई संकेत गर्दै मन्त्री कार्कीले जनतालाई अप्ठ्यारो अवस्थामा आवश्यक स्वास्थ्य उपचारकालागि कुनै पनि बहानामा अलमल नगर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । सरकारको टेबलबाट निर्णयमा पुगेका कामहरु टेबलमै घुम्नु नहुने भन्दै मन्त्री कार्कीले त्यस्ता ढिलासुस्तीलाई कानुनी हेम्मरको आवश्यक पर्ने बताए ।

       मेची प्रादेशीक अस्पतालका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको सभापतित्व रहेको ल्याब उद्घाटन कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिक स्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए ।

       प्रदेश सभा सदस्य हीरा थापा, राष्ट्रिय सभाका पूर्व सांसद एवम् नेकपा १ नं. प्रदेशका अध्यक्ष देबराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, समाजवादी पार्टी झापाका अध्यक्ष अनुतलाल राजवंशी लगायतले कनकाईको पिसिआर ल्याबलाई थप सेवासहित निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । अभियानका सह संयोजक विनोद बस्नेतले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.