Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालबालिकासँग स्थानीय सरकारका अध्यक्ष र उपाध्यक्ष
    शिक्षा

    बालबालिकासँग स्थानीय सरकारका अध्यक्ष र उपाध्यक्ष

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २९, सोमबार १७:५२ गते2 Mins Read

     

    कनकाई खबर / बालमैत्री गाउँपालिका निर्माणकालागि पूर्वाधार निर्माण गर्दै जाने उद्येश्यका साथ राष्ट्रिय बाल दिवसको अबसर पारेर झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ ।

        गाउँपालिकाको शिक्षा शाखा एवम् महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अनलाइन एप्स जुमको प्रयोग गरेर संचालन भएको हो । झापा गाउँपालिकामा रहेका १८ विद्यालयका कुल ३७ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा विद्यार्थीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग शैक्षिक तथा बालबालिका सम्बन्धि जिज्ञासाहरु राखेका थिए । विद्यार्थीहरुको जिज्ञासालाई गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले जवाफ दिएका थिए ।

        गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा पालिका अध्यक्ष शाहले बालबालिकासँग भएको यस किसिमको भेटघाटबाट स्थानीय सरकारसँग बालबालिकाको सकारात्मक सम्बन्धको बिकास हुने बताए । अध्यक्ष शाहले गाउँपालिकाको विकास निर्माण लगायत प्रत्यक्ष सरोकारका विषयमा बालबालिकाको सहभागिता गराउँने प्रतिवद्धता जनाएका छन् । पालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले प्रविधिको विकाससँगै गाउँपालिकाको शैक्षिक तथा बालबालिकासँग सम्बन्धित विषयबस्तुमा आधारित कार्यक्रमबाट सहभागी सबैलाई नयाँ कुराको ज्ञान प्राप्त भएको बताएकी छन् ।
    कार्यक्रमको दोस्रो चरणमा २०७६ को एस.इ.इ परिक्षामा उत्कृष्ट भएका दुई जनालाई पुरस्कार दिइने घोषणा गरिएको थियो । जसमा डिल्लीराज माविमा अध्ययन गर्ने उत्कृष्ट छात्रछात्रा सुबास पौडेल र कामना न्यौपानेलाई जनही नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

        साथै वालदिवसकै अवसर पारेर गाउँपालिकाको शिक्षा शाखा एवम् महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा अनलाइन बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा गाउँपालिका क्षेत्रमा रहेका मावि तर्फका ८ जना र आधारभूत विद्यालय तर्फका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ढकालले बताएका छन् । प्रतियोगितामा मावि तर्फका विद्यार्थीहरुले ‘आजको आवश्यक्ता, विषम परिस्थितीमा वैकल्पीक शिक्षा’ विषयमा आफ्ना विचार राखेका थिए भने आधारभूत तर्फका विद्यार्थीहरुले ‘बाल दिवसको महत्व’ विषयमा आफ्ना तर्कहरु राखेका थिए । बक्तृत्वकला प्रतियोगितामा सहभागी बिजेतालाई पुरस्कार बितरणको घोषणा गरिएको थियो ।

        शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालको सभापतित्व एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक महासंघ झापा गापाका सभापती जगन्नाथ राजबंशी, सचिव समसाद आलम,प्याब्सन झापा गापाका सचिब मनोज सुवेदी लगायतको उपस्थिति रहेको बताइएको छ । शिक्षा शाखाका स्रोत व्यक्ति खड्गप्रसाद खरेलको स्वागत तथा महिला तथा वालवालिका शाखा प्रमुख अम्बिका गौतमको संचालन रहेको वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलीमा शिक्षकहरु गोविन्द काफ्ले, नगेन्द्र सुवेदी र ईन्द्र खनाल रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.