Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरादह ९ स्थित हात्तीडुव्वा सिमसारलाई पर्यटकीय गन्तव्य वनाउन स्थानीयबासी जुटे
    पर्यटन

    गौरादह ९ स्थित हात्तीडुव्वा सिमसारलाई पर्यटकीय गन्तव्य वनाउन स्थानीयबासी जुटे

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २९, सोमबार १४:२६ गते2 Mins Read

    कनकाई खबर / झापाको गौरादह—९ स्थित बैगुनधुरामा स्थानीय सन्थाल बस्तीलाई समेटेर विस्तार हुन लागेको पर्यटकीय क्षेत्रको निर्माणमा स्थानीयबासी एक जुट हुन थालेका छन् ।

       नेपालकै भुमिपुत्र भनेर चिनिने सन्थाल जातिको बाहुल्यता रहेको गौरादहस्थित बैगुनधुरामा रहेको हात्तीडुब्बा क्षेत्रमा केही अन्य जातजातिको बसोवास रहेपनि सन्थाल जातीको बाहुल्यता रहेको छ । करिब ४०/५० घर सन्थाल जातिको बसोवास रहेको सो क्षेत्र नजिकै ७० वर्ष अघिदेखि एउटा खाडीको रूपमा हात्तीडुब्बा नामले प्रचलित प्राकृतिक जलाशय छ । तीन विगाह बढी क्षेत्रफलमा फैलिएको जलाशयमा धेरै वर्ष पहिले पानी पिउने क्रममा थुप्रै हात्तीहरू डुबेर मरेको स्थानीय अगुवाहरू बताउँछन् । हात्तीहरू डुबेर मरेका कारण जलाशयको नाम हात्तीडुब्बा रहेको स्थानीय चन्द्र बहादुर खड्काले बताए । पर्यटकीय गन्तव्यको रूपमा विकास गरी ग्रामिण क्षेत्रको इतिहास स्थापित गर्दै हात्तीडुब्बालाई सिमसार क्षेत्रका रुपमा व्यवस्थित गर्न लागिएको खड्काले बताए ।

       प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा बिकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले खड्काको अध्यक्षतामा हातीडुब्बा सिमसार तथा पर्यटकीय बिकास केन्द्रको गठन गरिएको छ । केन्द्रले प्रथम साधारणसभा आइतबार सम्पन्न गरेको छ । सिमसार परिसरमा आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । ३ बर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा दिवसपती पोख्रेल, सचिवमा नगेन्द्र बस्नेत, कोषध्यक्षमा राधा दाहाल चयन भएका छन ।

       भेलाले सदस्यहरुमा हरि प्रसाद बराल, चन्द्रबहादुर बिष्ट, मेघराज थापा, गुरु मुर्मू, सुमित्रा सोरेन, रिता निरौला, किशोर परियार, रुद्र सिग्देल, चित्र बहादुर पौडेल, ख्याम प्रसाद गौतम र सृजन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । गौरादह ९ का वडाध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सिमसार निर्माणले गौरादह नगरकै बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

       संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको क्षेत्रलाई सिमसारका रुपमा बिकास गरी पर्यटकीय स्थल बनाउने लक्ष्य राखिएको हात्तीडुब्बा सिमसार तथा पर्यटकीय केन्द्रका अध्यक्ष चन्द्र बहादुर खड्काले बताए ।

       हाल पोखरीले ओगटेको जग्गा बाहेक छेउमा रहेका व्यक्तिगत जग्गाहरु समेत खरिद गरी सिमसारको बाँकी काम अगाडि बढाउन पहल भैरहेको पनि अध्यक्ष खड्काले बताए । सबै जग्गाहरु मिलाएर करिब ६ बिगाहा १२ कट्ठा क्षेत्रफलमा सिमासार बनाउने लक्ष्य राखिएको बताइएको छ ।

       आर्थिक बर्ष २०७६/७७ मा प्रदेश १ सरकारबाट बिनियोजन भएको २० लाख मध्येबाट ८ लाख बराबरको काम पहिलो चरणमा सम्पन्न भएको अध्यक्ष खड्काले बताए । सिमसार निर्माणले बैगुनधुराको बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माणाधिन हुलाकी मार्गबाट करिब २ किलोमीटर उत्तरमा अवस्थित यो सिमसारले हुलाकी सडक बनेपछी झन बढी पर्यटक तान्ने आस गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.