Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धनुषकोटीबाट जगन पाण्डे चुलीसम्म जाने पदमार्ग बन्यो
    समाचार

    धनुषकोटीबाट जगन पाण्डे चुलीसम्म जाने पदमार्ग बन्यो

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०४:१६ गते2 Mins Read

    सुर्यप्रसाद अधिकारी
    धनुषकोटी । ऐतिहासिक पर्यटनलाई सम्वृद्ध बनाउने उद्देश्यका साथ झापाको कनकाई नगरपालिका वडा नं.२ स्थित धनुषकोटी धामको उत्तर तर्फको जगन पाण्डे दरवारको भग्नावशेषमा जानका लागि पदमार्ग निर्माणको कार्यलाई तीव्रता दिन थालिएको छ ।

    चुरे पहाडको फेदी हुँदै भग्नावशेष सम्मको करिव १३ सय मिटरको क्षेत्रफल मध्ये ३ सय ५० मिटर सम्ममा २७३ ओटा सिँडी निर्माण सम्पन्न भइसकेको निर्माण समितिका अध्यक्ष गंगाप्रसाद ढुङ्गेलले वताएका छन् ।

    कनकाई नगरपालिकाको आ.व.२०७४/७५ को वजेटवाट ३० लाख र स्थानिय उपभोक्ताहरुवाट ४ लाख ५० हजार वरावरको श्रमदानको माध्यमवाट सिँडी निर्माण भएको वताइएको छ ।

    वि.सं.१९७५ सालको आसपासमा जगन पाण्डे र उनकी श्रीमति लक्षिमावाई पाण्डेले दरवार निर्माण गरी वसेको साथै जगन पाण्डेको जीवनलीला समेत सोही क्षेत्रमा समाप्त भएको किंवदन्तीका आधारमा त्यहाँ रहेको भग्नावशेषलाई संरक्षण गरी ऐतिहासिक पर्यटन प्रवद्र्धनका लागि जगन पाण्डेको दरवार निर्माण परिकल्पनाको उद्येश्यका साथ वर्तमानमा विशेष किसिमको सिँडी निर्माण गरीएको निर्माण समितिका अध्यक्ष ढुङ्गेल वताउँछन् ।

    सिँडी निर्माणले एकातिर चुरे क्षेत्रको संरक्षण गर्न मद्धत पुग्नुका साथै अर्का तर्फ सुख्खा समयमा हुन सक्ने वन डढेलोको समस्यालाई समेत न्युनिकरण गर्न सकिने निर्माण समितिका अध्यक्ष ढुङ्गेल वताउँछन् ।

    चुरे क्षेत्रमा निर्माण भएको सिँडीका कारण मानिसहरुको आवतजावत बढ्ने हुँदा वन जङ्गलको फडानी तथा बन्यजन्तुहरुको चोरी सिकारीमा समेत कमी आउँने भएको स्थानियवासी वताउँछन् ।

    ऐतिहासिक पर्यापर्यटनको विकास एवम् विस्तार गर्दै होमस्टे संचालनका लागि सम्भावना वोकेको जगन पाण्डे क्षेत्रको संरक्षणका लागि स्थानिय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले देखाएको चासो महत्वपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा स्थानियवासी कमल ढकालले जोड दिएका छन् ।

    पर्यटकिय क्षेत्रका रुपमा व्यवस्थित वन्दै गएका कनकाई नगर क्षेत्रका ऐतिहासिक स्थलहरुको पहिचान गर्दै विकास एवम् विस्तारको कार्यलाई निरन्तरता दिँदै जाने कुरामा विश्वास दिलाउँदै वडा नं.२ का वडा अध्यक्ष परशुराम गिरीले जगन पाण्डेको भग्नावशेष भएको क्षेत्रमा पर्यटकिय क्षेत्र विस्तारका लागि कनकाई नगरको आ.व.२०७५÷७६को वजेटमा समेत रकम विनियोजन गरीएको वताएका छन् ।

    होमस्टेको सम्भावना वोेकेको पर्यटकिय क्षेत्र धनुषकोटीदेखी जगन पाण्डे क्षेत्र हुँदै झण्डे चुलीसम्मको पदमार्ग व्यवस्थित गर्ने हो भने पर्यटकको आकर्षणको केन्द्रविन्दु वन्न सक्ने वडा अध्यक्ष गिरीको वुझाई छ ।

    स्थानिय उपभोक्ताहरुकै प्रत्यक्ष सहभागितामा सम्पन्न भएको पदमार्गको निर्माण कार्यप्रति आँफू सन्तुष्टी भएको कुरा व्यक्त गर्दै वडा अध्यक्ष गिरीले पर्यटकिय क्षेत्रका लागि मात्र नभई कनकाई नगर ऐतिहासिक धरोहरको केन्द्रका रुपमा समेत रहेको वताएका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    विकास निर्माण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.