झापा \ बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा ९ महिला र ५ पुरुष रहेका छन् ।
संक्रमित हुने बिर्तामोडका स्वास्थ्यकर्मीहरु पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय अर्का पुरुष स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै दमक नगरपालिकामा ६ महिला र ३ पुरुष गरी ९ जनालाई संक्रमण पुष्टि भएको छ । २५, ३५ र ६६ वर्षका संक्रमितहरु दमक वडा नं २ , ७ र ९ का स्थानीय हुन् ।
त्यसैगरी मेचीनगर नगरपालिकामा २ महिला र एक पुरुष गरी तीन जनालाई संक्रमण देखिएको छ । वडा नं १ र १० ती संक्रमितमध्ये दुई जना भारतबाट फर्केका र एक जना स्थानीय भएको जनाइएको छ । आज १४ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७३९ पुगेको छ ।