Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा फरक फरक समयमा एकै घरका १० जना कोराना संक्रमित
    समाचार

    कनकाईमा फरक फरक समयमा एकै घरका १० जना कोराना संक्रमित

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २५, बिहीबार १३:१२ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगरपालिका ३ स्थित एक परिवारमा १५ दिनभित्रमा पटक पटक गरीे भएको स्वव संकलनमा १० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

       स्वव संकलन गर्ने क्रममा १५ दिन अघि कनकाई नगरपालिका ३ को वडा कार्यालयमा डाटा संकलनको काम गर्ने एक महिला कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएसँगै त्यसपछि क्रमिक रुपले भएको कन्ट्रयाक ट्रेसिङका क्रममा कोरोना संक्रमितको संख्या एकाएक बढ्न थालेको हो । सोही क्रममा भएको स्वव संकलनको पिसिआर रिपोर्ट एकैदिनको नभई पटक पटक गरी १५ दिनभित्रमा एउटै परिवारमा १० जना संक्रमित हुन पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

       नगरबासीमा भ्रम सिर्जना नहोस् भन्ने कुरालाई प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले कनकाई ३ को एउटै परिवारका १० जना सदस्यमा एकैदिनको नभई फरक फरक समयमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । उनीहरु सवैको अवस्था सामान्य रहेको बताइएको छ । कोरोना संक्रमितका कारण विभिन्न आइसोलेशनमा रहेका नगरबासीहरुलाई कनकाई नगरपालिकाको तर्फवाट आवश्यक्ता र अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न सामग्रीको समेत व्यवस्थापन गर्दै आएको बताइएको छ ।

        विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहनकालागि नगरपालिकाले गरेको लकडाउनका कारण नगरवासीमा पर्न गएको असुविधाप्रति स्थानीय सरकार कनकाई नगरपालिका गम्भिर भएको बताउँदै नगर प्रमुख पोखरेलले बिपतको यो घडीमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँन समेत नगरवासीलई अनुरोध गरेका छन् । बर्तमान अवस्थामा नगर क्षेत्रमा भएको लकडाउन कार्यन्वयनमा थप सहयोग गर्ने स्थानीय राजनीतिक दल, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था, सुरक्षा निकाय, संचारकर्मी, बुद्धिजिवी लगायत आम नागरिकप्रति नगर प्रमुख पोखरेलले आभार प्रकट गरेका छन् ।

       यसै क्रममा झापामा आज ६ वर्षीयसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय तह शिवसताक्षी–६ मा २ महिला र ३ पुरुष गरी ५ जना, कमल–६ मा २ पुरुष, बाह्रदशी–५ मा २ पुरुष, भद्रपुरमा २ पुरुष र दमक–१० मा भारतबाट आएका एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

        कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ जना होम(आइसोलेसन, १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का एक जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेका नगरप्रमुख पोखरेलले बताए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.