Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी नगरपालिका एक हप्ताकालागि बन्द, बिपद्को घडीमा संयमता अपनाउँन नगर प्रमुखको आग्रह
    समाचार

    शिवसताक्षी नगरपालिका एक हप्ताकालागि बन्द, बिपद्को घडीमा संयमता अपनाउँन नगर प्रमुखको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २४, बुधबार ११:२६ गते2 Mins Read

     

    कनकाई खबर  \  झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय एक हप्ताकालागि बन्द भएको छ ।

       मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाको बोर्ड बैठकले एक हप्ताकालागि कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता एवं वडा नं.७ का वडाअध्यक्ष नविन इजमले बताएका छन । 

     बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक हप्ता अर्थात भदौ महिनाभरी कार्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता इजमले जानकारी दिएका छन् । पिसिआर परिक्षणकालागि स्वव संकलन गरिएका सवै कर्मचारीहरुले रिपोर्ट नआउन्जेल सम्मकालागि आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै होमक्वारेन्टिनमा बस्नकालागि समेत प्रवक्ता इजमले अनुरोध  गरेका छन् । बन्दाबन्दीका समयमा अन्य व्यपार व्यवसाय, बैंक वित्तिय संस्थाहरु, सवारी साधन संचालन, विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरु संचालनकालागि यस अघि भदौ १५ गतेको कार्यपालिकाको निर्णयअनुसार नै कार्यान्वयन हुने कुरा नगरपालिकावाट जारी सार्वजनिक सुचनामा जनाइएको छ ।

       यो अवधिमा नगरपालिकाका ११ वटै वडा कार्यालयवाट भने अत्यावश्यक सेवा सुचारु गर्नकालागि वडा कार्यालयहरू खोल्ने निर्णय भएको बताइएको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि यसअघि पनि नगरपालिका र वडा कार्यालयबाट अत्यावश्यक सेवा मात्र संचालनमा रहेको थियो । शिवसताक्षी नगर क्षेत्रमा हाल सम्ममा १२ जनालाई कोरोना संक्रमण पुष्टी भएको बताइएको छ ।

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहनकालागि नगरपालिकाले गरेको लकडाउनका कारण नगरवासीमा पर्न गएको असुविधाप्रति स्थानीय सरकार शिवसताक्षी नगरपालिका गम्भिर भएको बताउँदै नगर प्रमुख चन्द्रकुमार शेर्माले बिपद्को यो घडीमा संयमताका साथ घरमै बस्न नगरवासीलई अनुरोध गरेका छन् । बर्तमान अवस्थामा नगर क्षेत्रमा भएको लकडाउन कार्यन्वयनमा थप सहयोग गर्ने स्थानीय राजनीतिक दल, विभिन्न संघसंस्था, सुरक्षा निकाय, संचारकर्मी, बुद्धिजिवि लगायत आम नागरिकप्रति नगर प्रमुख शेर्माले आभार प्रकट गर्दै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँन समेत आग्रह गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.