Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » म्याद गुज्रीएका खाद्यसामाग्री वजारमा छ्याप्छ्याप्ती
    समाचार

    म्याद गुज्रीएका खाद्यसामाग्री वजारमा छ्याप्छ्याप्ती

    ramBy ram२०७५ मंसिर १८, मंगलवार १५:५७ गते2 Mins Read

      कनकाई \वजारमा म्याद गुज्रीएका खाद्यसामाग्री छ्याप्छ्याप्ती भएका वेला अनुगमन कसले गर्ने भन्ने विषयमा उपभोक्ताविच वहस सुरु भएको छ ।

        वजारमा वेच्न राखिएका चिउरा, आँटा, खाने तेल, विस्कुट, भुजिया लगायतका खाद्यसामाग्रीहरु ६ महिनाअघि नै म्याद गुज्रिएको भएपनि व्यापारीहरुले विक्री वितरण गरिरहेका छन् । सामाग्रीमा भएको तिथि मिति ख्याल गर्ने सचेत उपभोक्ताले त राम्ररी हेर्छन् । तर ख्याल नगर्ने सर्वसाधारण उपभोक्ताको स्वास्थ्य अवस्था खाद्यसामाग्रीकै कारणले दिनप्रतिदिन दयनीय वन्दै गएको छ । सर्वसाधारण त सामाग्रीमा रहेका तिथि मिति हेर्न नजानेर ठगिन्छन् तर सुरुङ्गा वजारमा समाजका सचेत वर्गले नै म्याद गुज्रीएका खाद्यसामाग्री खरीद गर्न पुगेका छन् ।

      दशैंको मुखमा कनकाई नगरपालिकावाट आएको टोलीले अनुगमन गर्दा त केही फेला पारेको थिएन भन्दै आँफ्नो पसलमा सवै सामान ताजा र स्वस्थ मात्र राखिने गरेको वताउँने सुरुङ्गा वजारको झापा रोडस्थित मनिष किराना पसलका संचालक विरेन्द्र शाहको पसलमा खाने तेल, चिउरा, भुजिया, विस्कुट लगायतका ६ महिना अघि नै म्याद गुज्रीएका खाद्यसामाग्री प्रसस्त रुपमा फेला परेका हुन् । विक्रि वितरणका लागि र्याक र सोकेशमा राखिएका यी सामाग्रीको अनुगमन कसले गर्ने भन्ने विषयमा जनता अन्यौलमा रहेको स्थानीय उपभोक्ता वताउँछन् । सुरुङ्गा वजारका व्यवसायी विरेन्द्र शाह एक प्रतिनिधि पात्र मात्र हुन् ।शाहको पसलमा म्याद गुज्रीएका खाद्य सामाग्री फेला परेपछि संचारकर्मीसहित केही सचेत उपभोक्ताले गरेको अनुगमनका क्रममा म्याद गुज्रीएका खाद्यसामाग्री अन्य पसलमा पनि फेला परेका थिए ।

          दशैं नजिकिदै गर्दा स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिका सहित व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघ, कनकाई नगरका स्वास्थ्य प्रतिनिधी लगायत सरोकारवाला निकायको सहकार्यमा सुरुङ्गा वजार अनुगमन भएको थियो । नगर उपप्रमुख मन्जु प्रसाईँको नेतृत्वमा भएको वजार अनुगमनका समयमा सुरुङ्गा वजारका विभिन्न २५ वटा पसलको अनुगमन भएको कनकाई नगरपालिकाका शाखा अधिकृत राजेन्द्रप्रसाद पोखरेलले वताएका छन् । सोही समयमा अनुगमन भएका कुनै पनि पसलमा कमजोरी केही पनि फेला नपरेको अनुगमन टोली प्रमुख मन्जु प्रसाईले वताएकी छन् ।

       फेरी वजार अनुगमन कहिले हुन्छ त अव भन्ने संचारकर्मीको जिज्ञासामा उपप्रमुख प्रसाईले तत्काललाई अनुगमनको योजना नभएको वताइन् । सुरुङ्गा वजारका पसलहरुमा दशैंका मुखमा भएको फित्तलो किसिमको अनुगमन जनताको आँखामा छारो हाल्ने मात्र भएको स्थानीय उपभोक्ता वताउँछन् । आम व्यवसायीहरुवाट वास्तवमै स्वस्थ र स्वच्छ खाद्य सामाग्री विक्रि वितरण भएको छ कि छैन, व्यवसायीको अवस्था कस्तो छ भन्ने विस्तृत जानकारीका साथ अनुगमन भएमा सर्वसाधारण ठगीनवाट वच्न सक्ने स्थानीयवासी वताउँछन् । सम्वन्धित निकायले वजार अनुगमनलाई निरन्तरता दिनु पर्नेमा आम उपभोक्ताले माग गरेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.