Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा शुक्रबार थप १० जनामा कोरोना पुष्टी समग्र झापामा २६ जना
    समाचार

    कनकाईमा शुक्रबार थप १० जनामा कोरोना पुष्टी समग्र झापामा २६ जना

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १९, शुक्रबार १४:१० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा आज शुक्रबार दुई महिलासहित १० जनामा थप कोरोना पुष्टी भएको छ ।

       कोरोना संक्रमण पुष्टी हुनेमा  महिला तर्फ कनकाई ३ की २० वर्षीय  र कनकाई १ की ३६ वर्षीेय  महिला रहेका छन् । दुई जना महिलामध्ये वडा नं. ३ की महिला सम्बन्धित वडाको डाटा संकलन गर्ने कर्मचारी परिवारकी सदस्य हुन् भने अर्की महिला नेपाल बहुउद्येश्यी सहकारी संस्था (एनएमसी) शाखा सुरुङ्गामा कार्यरत एक कर्मचारी हुन् । त्यस्तै अन्य आठजना पुरुषहरु कनकाई ५ का राजनीति कार्यकर्ता, समाजसेवी, व्यवसायी रहेको नगर स्वास्थ्य शाखाका प्रतिनिधी नारायण अधिकारीले बताएका छन् ।

       समुदायस्तरमा कोरोना फैलिन थालेपछि कनकाई नगरपालिकाले कन्ट्रयाक ट्रेसिङ् र स्वब संकलन गर्ने कार्यलाई तिब्रता दिँदै पाँच दिन अघि भदौ १५ गते ६२ जनाको स्वब संकलन गरेर पिसिआर परिक्षणकालागि प्रदेश ल्याब विराटनगर पठाएको थियो । जस मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । यो संगै कनकाईमा हाल सम्म कुल संक्रमितको संख्या ३२ जना पुगेका छन् भने १४ जना डिस्चार्ज भएका छन् । आइसोलेशनमा ५ जना र होम आइसोलेशनमा १३ जना रहेको नगर स्वास्थ्य शाखाका प्रतिनिधी नारायण अधिकारीले जानकारी दिएका छन् ।

       केही दिन अघि मात्र  नगरको वडा नं.१, ७ र ३ का गरी आठजना नगरबासीको कोरोना पुष्टी भएसँगै नगरपालिकाले थप कडाई गर्दै अनिश्चितकालकालागि नगर क्षेत्रमा बन्दा बन्दी गरेको छ । योसँगै झापामा आज सुक्रबार मात्र २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

       स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु मेचीनगर नगरपालिका वडा नं. ७ र १० का ४ पुरूष, झापा गाउँपालिकाका वडा नंं. १ का ३ जना पुरुष, गौरीगन्ज गाउँपालिका वडा नं. ५ का १ जना पुरुष, दमक नगरपालिका वडा नं. ६, ७ र ८ का ३ महिला र २ जना पुरुष, भद्रपुर नगरपालिकाका २ जना प्रहरी र कचनकवल गाउँपालिका वडा नं. ७ का १ पुरुष रहेका छन् ।

       जसमा ७ महिला र १९ जना पुरुष रहेको बताइएको छ । झापा गाउँपालिका र कचनकवलका संक्रमितहरु भारतबाट आएका हुन् भने अन्य सबै जना स्थानीय बासिन्दा रहेको चौलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४१ पुगेको छ र ४८१ जना डिस्चार्ज भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.