Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोमको पीसीआर ल्याब केही दिनमै सञ्चालनमा आउने ः डा. पिताम्बर ठाकुर
    समाचार

    कोटीहोमको पीसीआर ल्याब केही दिनमै सञ्चालनमा आउने ः डा. पिताम्बर ठाकुर

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १८, बिहीबार ०६:०६ गते2 Mins Read
    कनकाई खबर  \  एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ ।
        ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर मेसिनसहित ४० वटा उपकरण तथा सामग्रीको विवरण र चावी एकका लागि एक अभियानको तर्फबाट हस्पिटलका डाक्टर ठाकुरलाई हस्तान्तरण गरियो ।

       अभियानका सहसंयोजक बिनोद बस्नेतसहित अभियानकर्मीले संयुक्त रुपमा हस्पिटलका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्मा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा सामग्रीको विवरण र चावी हस्तान्तरण गरेका हुन् ।

    कनकाई नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका अध्यक्ष विश्वकर्मा, डा. ठाकुर, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, अभियानका सहसंयोजक बस्नेतले मन्तव्य राखेका थिए ।

       आकस्मिक रुपमा भएको उक्त कार्यक्रममा अभियानका सल्लाहकार लोकराज ढकाल, सदस्यहरु गणेश ढकाल, कुमार भट्टराई, सजेश शिवाकोटी, कुमारमणि पोखरेल, शिव कँडेल लगायतले कोरोना संक्रमण बढेको बेला ल्याब छिट्टै सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।
    ल्याब सञ्चालनमा आएपछि सबै दाताहरुलाई जानकारी गराई औपचारिक रुपमा उद्घाटन, हिसाब सार्वजनिक तथा अन्य कार्यक्रम सम्पन्न हुने एकका लागि एक अभियानले जनाएको छ ।

        विपन्न एक परिवारलाई हुने खाने एक परिवारले सहयोग गर्नका लागि शुरु भएको अभियानबाट मुलुकमै नमूनाको रुपमा सरकारलाई सहयोग पु¥याउन जनस्तरबाट पीसीआर ल्याब स्थापना भएको र यो सञ्चालनमा आएसँगै कोरोना भाइरस संक्रमण नियन्त्रणमा टेवा पुग्ने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी बताउँछन् ।

        एकका लागि एक अभियान, कनकाई नगरपालिका र मेची हस्पिटलबीच गत साउन २० गते भएको निर्णय तथा सहमति बमोजिम मेची हस्पिटलले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा  ल्याउनेछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.