Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बन्दाबन्दीसँगै अनिश्चितकालिन निषेधाज्ञा जारी (जिल्ला प्रशासनबाट प्राप्त सुचनासहित)
    समाचार

    बन्दाबन्दीसँगै अनिश्चितकालिन निषेधाज्ञा जारी (जिल्ला प्रशासनबाट प्राप्त सुचनासहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १६, मंगलवार १६:२१ गते2 Mins Read

     

    कनकाई खबर  /  झापाको कनकाई र शिवसताक्षी नगरपालिका क्षेत्रमा बन्दाबन्दीसँगै अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

          कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणकालागि अर्को सुचना नभएसम्मकालागि नगर क्षेत्रभित्र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार मानिसहरुको आवतजावत नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाबाट सर्कुलर गरिएको सुचनामा जनाइएको छ । निषेधाज्ञा अवधिभर राजमार्ग, अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, ढुवानीका साधन तथा निर्माण सामाग्री बोकेका सवारी साधन र ईजाजत प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने आदेश जारी भएको सुचनामा जनाइएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजीम कार्वाही समेत हुन सक्ने सुचनामा जनाइएको छ ।

         नगर क्षेत्रका चोक बजार साथै मानिसहरुको आवतजावत एवम् जमघट अत्यधिक मात्रामा हुने लोक मार्ग आसपासको उत्तर दक्षिण एक किलो मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गर्नकालागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय झापामा सिफारीस गरेको आधारमा निषेधाज्ञा जारी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताएका छन् । नगर क्षेत्रभरी अतिआवश्यक सेवा बाहेक सबै क्षेत्र बन्न्द गर्ने निर्णयको सुचना यस अघि नै कनकाई गरपालिकाले सार्वजनिक गरी सकेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिएका छन् ।

        भर्खरै मात्र नगरको वडा नं.१, ७ र ३ का गरी आठजना नगरबासीलाई कोरोना पुष्टी भएसँगै नगरपालिकाले थप कडाई गरेको बताइएको छ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि कनकाई नगरपालिकाले पिसिआर परिक्षणकालागि कन्ट्रयाक ट्रेसिङ् र स्वब संकलन गर्ने कार्यलाई समेत तिब्रताका साथ अघि बढाएको छ ।

         नगरपालिकाले पिसिआर परिक्षणकालागि सोमबार स्थानीय जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यवसायी साथै विभिन्न संघसंस्थाका पदाधिकारीहरु सहित ६२ जनाको स्वब संकलन गरेर प्रदेश ल्याब विराटनगर पठाएको नगरका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले बताएका छन् । स्वब संकलन भएका सबैको रिपोर्ट नआउन्जेल सम्म होम क्वारेन्टिनमा सुरक्षित भएर बस्नकालागि समेत कोरोना फोकल पर्सन अधिकारीले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । यस अघि कोरोना पुष्टी भएका दुर्गापुरका औषधी व्यवसायी भने कोरोना जितेर घर फर्किसकेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.