Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर क्षेत्र अनिश्चितकालिन बन्द, निषेधाज्ञा जारीकालागि जिल्ला प्रशासनमा सिफारीस
    समाचार

    कनकाई नगर क्षेत्र अनिश्चितकालिन बन्द, निषेधाज्ञा जारीकालागि जिल्ला प्रशासनमा सिफारीस

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १४, आईतवार १५:५८ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगरपालिकाको दुर्गापुर बजार साथै यसको आसपासका गरी आठ जना स्थानीयबासीमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोना फैलिएको भन्दै कनकाई नगर क्षेत्रका अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा अर्को सुचना नआउँन्जेल सम्मलाई बन्द गर्ने निर्णय गरिएको छ ।

     

     आइतबार नगरपालिकामा बसेको स्थानीय सरोकारवालासहितको कार्यपालिकाको आकस्मिक बैठकले आवश्यक स्वास्थ्य सुरक्षाकालागि पहिलो चरणमा नगर क्षेत्रमा लोक मार्गको एक किलो मिटर उत्तर र दक्षिण क्षेत्र सम्म निषेधाज्ञा  जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा सिफारीसकालागि अनुरोध गर्ने समेत निर्णय भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

       यस अघि कनकाई नगरपालिका वडा नं.७ स्थित दुर्गापुर बजारमा औषधी व्यवसाय संचालन गर्दै आएका ४० वर्षिय एक पुरुषलाई कोरोना संक्रमण पुष्टी भएपछि समुदायमा कोरोना फैलिएको आशंका गर्दै दुर्गापुर बजार क्षेत्रका मात्र अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको थियो । त्यसपछि सम्बन्धित व्यक्तिको सम्पर्कमा रहेका परिवारका सदस्यसहित आसपासका अन्य गरी ७७ जना स्थानीयबासीको चार दिन अघि मात्र पिसिआर परिक्षणकालागि स्वब संकलन गरिएको थियो । संकलन गरिएका मध्ये कनकाई १ निबासी नीज ४० वर्षिय पुरुषकै ९ वर्षीय एक बालक, उनकै घरमा कोठा भाडामा लिएर बस्दै आएका एक परिवारका ४१ वर्षीय पुरुष, ३६ बर्षीय महिला र १० वर्षको बालकको रिपोर्ट पोजेटिभ आएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।

       त्यस्तै कनकाई नगर वडा नं.७ का क्रमशः ३५, ३३ र १९ वर्षका तीनजना पुरुष साथै कनकाई ३ की २२ वर्षीय एक महिलाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

    आजसम्म झापामा कुल संक्रमितको संख्या ५७६ पुगेको छ । जसमा भद्रपुरमा ३३, मेचीनगर १०७, बिर्तामोड १८, कनकाई २२, अर्जुनधारा २२, दमक ९५, गौरादह १९, शिवसताक्षी १२, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १३९, कमल १८, बाह्रदशी २१, गौरीगञ्ज २८ र झापाका १२ जना रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.