Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भृकुटी मार्गको निर्माण कार्य फास्ट ट्रयाकमा अघि बढ्दै(भिडियो सहित)
    समाचार

    भृकुटी मार्गको निर्माण कार्य फास्ट ट्रयाकमा अघि बढ्दै(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १४, आईतवार ०५:०३ गते3 Mins Read

    कनकाई खबर / कोरोना भाइरस साथै भारी बर्षाका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको झापाको कनकाई नगरपालिका ७ स्थित भृकुटी मार्गको उच्च स्तरको कालो पत्रे सडक अहिले फास्ट ट्रयाकमा अघि बढेको छ ।

       निर्माण कार्यको अन्तिम चरणमा पुगेको यस मार्गको अनुगमन गर्दै झापा क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्य हीराकुमार थापाले सडक निर्माणमा कुनै पनि कमजोरी नगर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । प्रारम्भिक चरणदेखि नै भृकुटी मार्ग कालो पत्रे सडकको निर्माण कार्य उच्च स्तरको भएकाले अब यसको संरक्षणको जिम्मा स्थानीयबासीले समेत लिनु पर्नेमा अनुगमनका क्रममा प्रदेश सभा सदस्य थापाले जोड दिएका छन् ।

     

       भृकुटी मार्गको कालो पत्रे सडक निर्माणकालागि १ नं. प्रदेश सरकारको अर्थ मन्त्रालय अन्तर्गत व्यवस्थापन भएको बजेटबाट बाँकी रहेको थप सडक निर्माणको कामकालागि आगामी वर्षमा आफ्नो तर्फवाट थप बजेटको व्यवस्थापन गरेर यसलाई पूर्णता दिने प्रदेश सभा सदस्य थापाले बताएका छन् । सडक निर्माण कार्यको स्थलगत अनुगमन गर्दै प्रदेश सभा सदस्य थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक निर्माण, शुद्ध खानेपानी र आवश्यक्ता अनुसार पूल निर्माण गर्ने कार्यलाई प्राथमिक्ताका साथ अघि बढाएको जानकारी दिएका छन् ।

       भृकुटी मार्ग निर्माणकालागि यस अघि पनि बिनियोजन भएका टुक्रे बजेटका कारण सडक निर्माणको कार्यले गति लिन नसकेको भए पनि हाल उच्च स्तरको कालो पत्रे निर्माणको कार्यले तिब्रता पाएको छ । पूर्वाधार विकास कार्यालय भद्रपुर झापा अन्तर्गतको कालो पत्रे सडक निर्माणको योजना भ्याटसहित २ करोड ६२ लाख ३१ हजार २ सय १३ रुपैंयामा ठेक्का सम्झौता भएको निर्माण व्यवसायी शैलेन्द्र कुरुङ्वाले बताएका छन् ।

       मोरङ् जील्लाको बिराटनगरस्थित याक्थुम्हाङ्ग / एस.ए.एस. जेभीले २०७७ बैशाख ३१ गते निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको योजना २०७६ को पौष २० गते सम्झौता भई सोही महिनाको २४ गतेबाट निर्माण कार्य प्रारम्भ भएको निर्माण कम्पनीका ठेकेदार समेत  रहेका कुरुङ्वाले जानकारी दिएका छन् । निर्माण कार्य प्रारम्भ भए लगत्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस साथै बर्षातको कारण पनि केही समय काम स्थगित गर्नु परेपनि अहिले फास्ट ट्रयाकमा काम हुन थालेकाले भाद्र महिनाको दोस्रो हप्ताभित्रमा कालो पत्रे निर्माणको कार्य सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका ठेकेदार कुरुङ्वाले बताए ।

       कनकाई नगरकै उच्च स्तरको कालो पत्रे सडक मध्येको एक मानिने भृकुटी मार्ग सडक ४० एम.एम.को आसफाल कङ्क्रीट बिधिबाट कालो पत्रे हुने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर सुजन दहालले जानकारी दिए । साडे ५ मिटरको कालो पत्रे निर्माण हुने भएपनि सडक आसपासमा दुबै तर्फ सोल्जर सहित साडे ७ मिटरको सडक खण्ड निर्माण कार्य हुने इन्जिनियर दहालले बताए । गुणस्तरीय सडक निर्माणकालागि आँफूहरु सचेत भएको बताउँदै इन्जिनियर दहालले निर्माणको प्रारम्भदेखि नै सडकको प्रत्येक तहमा विशेष निगरानी बढाएको बताएका छन् ।

       भृकुटी मार्गमा उच्च स्तरको कालो पत्रे सडक निर्माण हुन थालेपछि सडक आसपासका स्थानीयबासीमा खुशी छाएको छ । दुर्गापुरस्थित भृकुटी मावि हुँदै पश्चिम दक्षिण तर्फ जाने २ हजार ७ सय मिटरको कालो पत्रे सडक खण्डबाट कनकाई नगरको वडा नं. १ र ७ का एक हजार बढी स्थानीयबासी लाभान्वीत हुने भएको सडक निर्माण समन्वय समितिका संयोजक भिष्भ सिटौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.