Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कामाटोली गोलीकाण्डको विवाद साम्य
    समाचार

    कामाटोली गोलीकाण्डको विवाद साम्य

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ११, बिहीबार १५:३२ गते3 Mins Read

    कनकाई खबर  \  झापा गाउँपालिकाको  कामाटोलीमा हिजो देखी उत्पन्न तनाव साम्य भएको छ । मृतक पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका–३ का  ३८ बर्षिय रसिकुल आलमको शव आफन्तले बुझेका छन् ।

      बिहीबार प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा भएको वार्तामा मृतक पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि मृतकका आफन्तले शव बुझेका हुन ।
    वार्तामा मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने, मृतकका छोराछोरीको पठन पाठनका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने लगायतका माग सम्बोधन गर्ने सहमति भएको जनाइएको छ ।

    मृतक पक्षले राखेका ११ वटा मागमध्ये शहीद घोषणाको माग भने अस्वीकार गरिएको वार्तामा सहभागी नेकपाका नेता रुद्र बजगाईँले जानकारी दिए । घटनाको छानबिनकालागी गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले घटनाको छानबिन गरी सुरक्षाकर्मी दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्ने जनाइएको छ । वार्तामा सबै राजनीतिक दलका प्रतिनिधि, सांसदहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, मृतक परिवारका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
    प्रहरीले पक्राउ गरेकाहरूलाई जिल्ला ल्याउने क्रममा स्थानीयवासीले अवरोध गर्दा प्रहरीले चलाएको गोली लागेर सोही स्थानका  आलमको बुधवार साँझ मृत्यु भएको थियो ।

    झापाको कामाटोली घटनाको सन्दर्भमा आजको सर्वपक्षीय बैठकको निर्णय मुख्य बुदाहरु :
    १, हिजोको घटनामा ज्यान गुमाउने रसिकुल आलम प्रति भावपुर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
    २, मृतकको काजकिरियाका लागि झापा गाउपालिकाले तत्काल ५० हजार उपलब्ध गराउने । न्युनतम १० लाख क्षतिपूर्तिको लागि सरकारसँग पहल गर्ने ।
    ३, मृतकको छोराछोरीको शिक्षादिक्षाको उचित व्यवस्थाका लागि सरकारसँग पहल गर्ने ।
    ४, घटनाको सत्यतथ्य पत्ता लगाइ १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि नेपाल सरकार गृह मन्त्रालयबाट साहयक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरेको छ । सो समितिलाई सबैले सहयोग गर्ने । समितिले आवश्यक सरोकारवालाहरुलाई आमन्त्रित गर्ने ।
    ५, सामाजिक धार्मिक सद्भाव कायम गर्न सबैको तर्फबाट पहल गर्ने ।
    ६, मृतकको सव परिवारले जिम्मा बुझि आफ्नो परम्परा बमोजिम दाहसंस्कार गर्ने ।

    • झापा गाउँपालिको कामाटोली बजारमा मुस्लिम समुदायका मानिसहरुले पिडितलाई न्याए दिन भन्दै विभिन्न मागहरु यस्ता थिए ।
    • मृतकका पक्षबाट राखिएका मागहरु यस्ता थिए
    • मृतकलाई शहिद घोषणा गरिनु पर्ने
    • मृतकलाई उचित क्षतीपुर्ती दिनुपर्ने
    • मृतकको परिवारको भरणपोषण,बालबच्चाको शिक्षादिक्षा दिनुपर्ने
    • मुस्लिम समुदायमा हुदै आएको दमन अब बन्द गरिनु पर्ने
    • गोली चलाउने प्रहरीलाई कानुनबमोजिक कार्वाही गरिनुपर्ने
    • घटनामा संलग्न जनपथ प्रहरीलाई नियम अनुसार कार्वाही गर्नुपर्ने
    • शसस्त्र प्रहरीका ईन्चार्जलाई पनि कार्वाही गरिनु पर्ने
    • धार्मिक मान्यता अनुसार खानपिन आहारमा रोक लगाउन नहुने
    • बरामत गरिएको मासु  जन्य पदार्थ स्थानियको रोबहरमा नष्ट गर्नुपर्ने
    • घटना स्थलमै बार्ता गरिनु पर्ने जस्ता माग राखिएको थियो ।
    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.