Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको दुर्गापुर बजार अनिश्चितकालीन बन्द
    समाचार

    कनकाईको दुर्गापुर बजार अनिश्चितकालीन बन्द

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ९, मंगलवार १६:२० गते2 Mins Read

    कनकाई खबर / कोराना भाइरसको संक्रमण समुदायमा फैलिएको आशंका गर्दै कनकाई नगरपालिकाले दुर्गापुर बजार क्षेत्रलाई अर्को सुचना जारी नहुन्जेल सम्मकालागि अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

        कनकाई नगरपालिका वडा नं.१ मा घर भई वडा नं.७ को दुर्गापुर बजारमा औषधी व्यवसाय संचालन गर्दै आएका ४० वर्षिय एक पुरुषलाई आज कोरोना संक्रमण पुष्टी भएपछि नगर कार्यपालिकाको आकस्मिक बैठकले दुर्गापुर बजार क्षेत्र अनिश्चितकालकालागि बन्द गर्ने निर्णय गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुदप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

       दुई हप्ता अघि साउन २८ गते ३४ जनाको स्वब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालामा भएको पिसिआर परिक्षणबाट भदौ ४ गते ३२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर ती पुरुषसहित अन्य एक जनाको  रिपोर्ट आउँन ढिला भएसँगै कनकाई नगरमा अन्यौलता छाएको बताइएको छ । हाल संक्रमित पुरुषलाई कनकाई नगरपालिकाले स्थापना गरेको कोटीहोमस्थित आचार्य बन्धु भवनको अस्थाई आइसोलेशनमा राखिएको बताइएको छ ।

       कोरोना संक्रमण पुष्टी भएका ती पुरुष स्वब संकलन भएदेखि नै आफ्नो निजी पेशा औषधी व्यवसायको क्षेत्रमा निरन्तर कार्यरत भएका कारण समुदायमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै स्थानीयबासीको कन्ट्रयाक ट्रेसिङ गर्नकालागि केही दिन बजार क्षेत्र बन्द गर्नु परेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । नगरबासीको स्वास्थ्य सुरक्षाकालागि स्थानीय सरकार गम्भिर भएको भन्दै नगर प्रमुख पोखरेलले दुर्गापुर बजारका अतिआवश्यक सेवा बाहेक अन्य सबै क्षेत्र अनिश्चितकालिन बन्द हुँदा स्थानीयबासीमा पर्न जाने असुबिधाप्रति नगरपालिकाका तर्फवाट दुःख व्यक्त गरेका छन्।

       पछिल्लो समय कनकाई नगर क्षेत्रमा रहेका विभिन्न क्वारेन्टिन मध्ये कोटीहोम स्थित आचार्य बन्धुको भवनमा १ जना पुरुष, दलित सामुदायिक भवनमा २ जना महिला, होम क्वारेन्टिनमा १ महिलासहित ३ जना पुरुष गरी ७ जनालाई व्यवस्थापन गरिएको कनकाई नगरपालिकाका क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार हाल सम्म कनकाई नगरपालिकामा पिसिआर परिक्षण भएका ८ सय ५८ जना, आरडिटी परिक्षण भएका २ सय ८४ जना साथै दुबै माध्यमवाट परिक्षण भएका २१ गरी जम्मा ११ सय ६३ जनाको कोरोना परिक्षण गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.