Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय सरकारको ढिलासुस्तीका कारण मन्दिर पुनः निर्माणको कार्य अन्यौलमा
    समाचार

    स्थानीय सरकारको ढिलासुस्तीका कारण मन्दिर पुनः निर्माणको कार्य अन्यौलमा

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र ६, शनिबार ०६:३६ गते4 Mins Read

    राम निरौला,
    कनकाई खबर /झापाको सुरुङ्गामा ५० वर्ष लामो इतिहास बोकेको दुर्गा पञ्चायन मन्दिर हाल जीर्ण अवस्थामा पुगेको छ । कोरोनाको समस्या देखाउँदै मन्दिर पुनःनिर्माणमा स्थानीय सरकारबाट भएको ढिला सुस्तीका कारण लोक मार्गसँगै जोडिएको मन्दिरको भौतिक संरचना दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयबासी बताउँछन् ।

       भौतिक संरचना पुनःनिर्माणका विषयमा मन्दिर संचालक समितिले विभिन्न चरणमा सर्वपक्षिय भेला सम्पन्न गरिसकेको बताएको छ । स्थानीय सरकारका प्रतिनिधीसहित कनकाई नगर क्षेत्रका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थासँगको भेलाले योजना अनुसारको काम गर्न समितिलाई अनुमति प्रदान गरेको भएपनि केही स्थानीय व्यक्तित्वहरु विचमा सहमति जुट्न नसक्दा पुनःनिर्माणको योजना अलपत्र परेको बताइएको छ ।

       बन्द निषेधित शान्ती क्षेत्रका रुपमा देशबिदेशमा समेत पहिचान स्थापित धार्मिक तथा पर्यटकीय नगरी कनकाईको सुरुङ्गा बजार क्षेत्रको चोकमै रहेको अत्यन्तै पुरानो मन्दिर पुनः निर्माणकालागि स्थानीयस्तरमा सहमति जुट्न नसक्दा यसको भौतिक संरचना दिनप्रतिदिन जीर्ण बन्दै गएको समितिका निवर्तमान अध्यक्ष दयानन्द बंशलले बताएका छन् । बंशलका अनुसार मन्दिरको संरक्षण गर्दै दिर्घकालिन रुपमा मन्दिर संचालन तथा व्यवस्थापनकालागि आम्दानीको स्रोत पहिचान गर्ने तर्फ समितिले सक्रियता देखाएको थियो ।

       समितिका तर्फवाट राखिएको सोही अनुरुपको प्रस्ताव कार्यन्वयन नहुने भएपछि नैतिकताका आधारमा समितिले स्थानीय सरकार समक्ष राजीनामा पेश गरीसकेका कारण हाल दुर्गा पञ्चायन मन्दिर नौ महिनादेखि नै संचालक समिति बिहिन भएको बंशलले जानकारी दिए । यस मन्दिरका आजिवन र साधारण सदस्य गरी २ सय भन्दा बढी सदस्यहरु भएको बताउँदै निवर्तमान अध्यक्ष बंशलले हाल यति लामो समयदेखि संचालक समिति बिहिन हुँदा स्थानीय स्तरमा अन्यौलता छाएको बताएका छन् ।

       यतिबेला बर्षातको समयमा मन्दिरभित्र पानी चुहिने, धार्मिक पुस्तकहरु भिज्ने, मन्दिरको छत फुटेर ढुङ्गा माटोले पुजारीको टाउकामा लाग्ने जस्ता समस्याका कारण मन्दिर परिसरभित्र बस्न नै कठिन हुन थालेको मन्दिरका पुजारी तेजनारायण अधिकारीले बताए । लामो समयदेखि संचालक समिति बिहिन भएका कारण मन्दिरको दैनिक पुजापाठ समेत प्रभावित भएको पुजारी बताउँछन् ।

       कनकाई ३ स्थित सुरुङ्गा चोकमा पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको चार पाटा मिलेको क्षेत्रफलमा बाटोको भाग छोडेर मन्दिरको १ कठ्ठा ९ धुर जमिनमा व्यवसायीक प्रयोजनसहितको दुई तले भवन निर्माण गरी मन्दिरको संरक्षण गर्दै आम्दानीको स्रोत समेत बनाउँने उद्येश्यका साथ यस अघि नै मन्दिर समितिले आफ्नो योजना सार्वजनिक गरेको बताइएको छ । प्रारम्भिक चरणमा एक सहकारी संस्थासँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको भएपनि स्थानीयस्तरमा सहमति जुट्न नसकेपछि कनकाई नगरपालिकासँगको साझेदारीमा पुनःनिर्माणको कार्य अघि बढ्ने भएको थियो ।

       मन्दिरको भुँइ तला कनकाई नगरपालिकाले निर्माण गरिदिने र त्यसबाट उठेको ७५ प्रतिशत भाडा नगरपालिकाले लिने साथै २५ प्रतिशत मन्दिर संचालक समितिलाई दिने साथै माथिल्लो तला स्थानीय स्तरबाट चन्दा संकलन गरेर निर्माण गर्ने र मन्दिर प्रयोजनकालागि प्रयोगमा ल्याउँने गरिको समितिले योजना बनाएको निवर्तमान समितिका सचिव टिका पोखरेलले बताएका छन् । स्थानीय सरकारका प्रतिनिधी समेत रहेको सर्वपक्षिय भेलामा भएको भद्र सहमति कार्यान्वयन हुन नसक्नु दुर्भाग्य भएको प्रतिक्रिया दिँदै समितिका निवर्तमान सचिव पोखरेलले समिति बिहिन अवस्थामा मन्दिरको भौतिक संरचनाको संरक्षण साथै यसको संचालन तथा व्यवस्थापनमा स्थानीय सरकार गम्भिर हुनु पर्ने बताएका छन् ।

       मन्दिरमा देखिएको समस्याका विषयमा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलसँग नगरपालिकाको योजना के रहेको छ त भनेर जिज्ञासा राख्दा नगर प्रमुख पोखरेलले दुर्गा पञ्चायन मन्दिरको समस्या नगरपालिकाको कार्यालयमा समेत आएको बताए । नगर प्रमुख पोखरेलले वडाभित्रका सबै गतिविधिकालागि पहिलो प्राथमिक्ता वडा कार्यालय नै भएकाले आँफूले सम्बन्धित वडा कार्यालय कनकाई ३ लाई यसको सहजीकरण गर्न निर्देशन दिएको बताए । त्यस विषयमा वडा कार्यालयका तर्फवाट थप जानकारी आँफूलाई केही पनि नआएका कारण वडा कार्यालयबाटै निकास आउँन सक्ने कुरामा आँफू विश्वस्त रहेको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

       सम्बन्धित वडा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयासँग दुर्गा पञ्चायन मन्दिर पुनःनिर्माणका विषयमा जिज्ञासा राख्दा स्थानीय सरोकारवालाको भावनालाई कदर गर्दै पुनःनिर्माणको कार्य अघि बढाउँने बताएका छन् । हाल मौजुदा समितिले राजीनामा दिएको भएपनि अर्को समिति गठन नहुन्जेल सम्मको सम्पूर्ण जिम्मा सोही समितिको हुने भएकाले चाँडै स्थानीय युवासहितको सहभागितामा नयाँ समिति गठन गरी मन्दिर पुनःनिर्माणको कार्यलाई निरन्तरता दिने वडाअध्यक्ष चिमरीयाले जानकारी दिएका छन् ।

       प्रारम्भिक चरणमा मन्दिर समितिले ल्याएको योजनाका विषयमा स्थानीय राजनीतिक दल, विभिन्न संघसंस्था लगायत सरोकारवालाहरुसँग भएको छलफल र अन्तरक्रियापछि ठोस निर्णयमा पुगेर पुनःनिर्माणको प्रक्रिया अघि बढाउँने योजना भएपनि सोही अवस्थाबाटै कोरोना भाइरसका कारण मुलुकभरी नै लकडाउन भएपछि मन्दिर पुनःनिर्माणको कार्य हाल सम्म पनि अघि बढाउँन नसकिएको वडाअध्यक्ष चिमरीया बताउँछन् । कोरोनाको महामारी केही सहज भएपछि साधारण सभा बोलाएर नयाँ समिति गठनको प्रक्रिया साथै मन्दिर पुनःनिर्माण कार्यलाई निरन्तरता दिने योजना रहेको वडाअध्यक्ष चिमरीयाले कनकाई खबरलाई जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.