Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्य सेवामा चरम राजनीतिः भद्रपुरमा अस्पताल बन्द गर्न कांग्रेसको माग, कनकाईको सेवा सञ्चालनमा सत्तारुढको रोकावट
    राजनीति

    स्वास्थ्य सेवामा चरम राजनीतिः भद्रपुरमा अस्पताल बन्द गर्न कांग्रेसको माग, कनकाईको सेवा सञ्चालनमा सत्तारुढको रोकावट

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र २, मंगलवार ०४:५७ गते3 Mins Read

     

    झापा  \  कोरोना संक्रमण दिन प्रतिदिन फैलिइरहेको छ । चुनावमा उम्मेदवारले मत प्राप्त गरे जसरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरेक दिन संक्रमितको संख्या र मृत्यु हुनेको ठेगाना बाचन गरिरहेका छन् । सरकार संक्रमण रोक्न लकडाउन र कफ्र्युको सहारा लिन्छ । तर भुसको आगो जसरी कोरोना संक्रमण बढेको बढ्यै छ ।

      अर्कोतिर स्वास्थ्य उपचारमा चरम लापरवाही एवम् राजनीति बढ्दै गएको छ । कोरोना फैलने डरले अस्पतालमा सेवा थप गर्न नदिन आन्दोलन गर्नेमात्र होइन हजारौं नेपाली मनकारीको सद्भाव रहेको कोरोना परीक्षण ल्याव सञ्चालन नगरेर सत्ताधारी र प्रतिपक्षी दलले सम्वेदनहीन काम गरिरहेका छन् ।

      कोरोना संक्रमित भएको आशंकामा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरेपछि रिपोर्ट आउन अहिले ४–५ दिन लाग्छ । छिटो छरितो सेवा पाइनेआशामा कनकाई नगरपालिकाको कोटीहोममा मनकारीहरुबाट संकलित रकमबाट स्थापना गरिएको पिसिआर ल्याव सेटअप भएको करिब एक महिना भयो ।

    मेची प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याउने गरी सहमति भएको दुई साता भयो तर अझै सुरु भएको पाइन्न । प्रदेश १ का मुख्यमन्त्रीले दुई दिनभित्रमा सेवा सञ्चालनमा ल्याउने वचन दिएको आज पाँचौं दिन हो, तर अझै पिसिआर परीक्षणको सेवा सुरु भएको छैन । सत्तारुढ दलका कतिपय नेताहरुको असहयोगका कारण पिसिआर ल्याव सञ्चालनमा नआएको आम बुझाई छ ।

     

    भद्रपुरस्थित मेची अस्पतालमा स्थापित कोभिड–१९ उपचार केन्द्र अन्यत्रै सार्न माग राखेर नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापनपत्र पठाउँदै अर्को राजनीति सुरु गरेको छ । मेची अस्पतालमा कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेको जिकिर गर्दै काँग्रेसले कोभिड १९ को उपचार केन्द्र अन्यत्र व्यवस्थापन गर्न झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरमार्फत ज्ञापनपत्र पठाएको हो ।

       प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सम्बोधन गरेको ज्ञापनपत्र प्रजिअ रानामार्फत् पठाइएको हो । कांग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा विपन्न वर्गको उपचार गर्ने सरकारी अस्पताल भित्र कोरोना उपचार केन्द्र राखिएपछि हजारौं नागरिक कोरोना संक्रमण त्रासका कारण सेवा लिन आउन नसकेको जिकिर गरिएको छ ।

       एउटै भवन, एउटै प्रवेशद्वार, पुरानो तथा साँघुरो उपचार कक्ष भएको अस्पताल परिसरमा कोभिड १९ रोगीसमेत राखेर उपचार गरिँदा समुदायमा कोरोना फैलन गई भयावह हुने हुँदा व्यवस्थित उपचार केन्द्र निर्माण गरी अन्यत्रै स्थान्तरण गरेर सर्वसाधारणले अञ्चल अस्पतालमा उपचारका लागि निर्ढुक्क भइ उपचार लिन आउन सक्ने वातावरण निर्माण गरिदिन कांग्रेसको माग छ ।

       भद्रपुर अस्पतालमा भर्खरै सुरु भएको कोरोना उपचार सेवा रोक्न कांग्रेसका नेताहरुको खुल्लम खुल्ला माग गर्नु जति नाजायज छ उत्ति नै कोटीहोमस्थित समर्पण भवनमा स्थापित पिसिआर ल्याव सञ्चालनमा ल्याउन रोक्नेहरुको राजनीतिक तृष्णा घृणायोग्य छ ।  महामारीबाट मान्छेहरु भटाभट मरिरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा राजनीति गर्नु जनता माथि राजनीतिक नेतृत्वको बेइमानी हो । साझा मञ्च

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.