Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको शिवसताक्षी नगरले भदौ ८ गते सम्म आंशिक लकडाउन गर्ने
    समाचार

    झापाको शिवसताक्षी नगरले भदौ ८ गते सम्म आंशिक लकडाउन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०७७ भाद्र १, सोमबार १४:२३ गते2 Mins Read

     

        शिवसताक्षी /  समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

    बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पूर्ण रुपमा  रोक लगाएको छ ।

    पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर निस्कीए क्वोन्टिनमा समेत राखिने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए ।

       नगरपालिकाको बोर्ड बैठकले सोमबार राति १२ बजे देखि भदौ ८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

    नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सबै नगरबासीलाई अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

    अत्यावश्यक सेवाहरु स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी बाहेक अन्य व्यवसायका पसलहरु बिहान ८ बजे देखी १२ बजे सम्म मात्र खोल्न पाउने निर्णय भएको छ ।

       प्रवक्ता ईजमले भने, ‘बाँकी समय पुर्ण बन्द गरिने छ । होटल व्यवसाय लकडाउन अवधिभर नै पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।’

    यो समयामा उपभोक्ता र बिक्रेताले अनिवार्य रुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने नगरपालिकाले नियम बनाएको छ ।

    नगर भित्रका साप्ताहिक बजारहरु अर्को सूचना नहुन्ञ्जेल सम्मको लागि बन्द गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

    नगर भित्र कुनै पनि सभा समारोह, गोष्ठी, योग कक्षा सचालन गर्न पाईने छैन । प्रवक्त ईजमका अनुसार जिम खाना बन्द गरिएको छ ।

    विवाह, व्रतवन्ध, पुराण जस्ता धार्मिक कार्यक्रमहरु गर्नु परे २५ जना भन्दा बढी सहभागी हुन पाईने छैन ।

    उल्लेखित संख्याले अनिवार्यरुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने निर्णय भएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखी १ बजे सम्म मात्र संचालन गर्नुपर्ने छ ।

        कर्मचारीले अनिवार्य रुपमा परिचय पत्र साथमा नबोके स्थानीय प्रसाशनले पक्राउ गर्ने नगरपालिकाले जनाएको ।  आकसमिक सेवाका दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधन, अतिआवश्यक काममा खटिएका नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शिवसताक्षी नगरका कर्मचारी ले प्रयोग गर्ने सवारी साधन बाहेक नगरभित्र संचालन गर्न पाईने छैन ।

      नगरका प्रवक्ता ईजमका अनुसार पूर्व पश्चिम राजमार्गमा भने पालिकाको निर्णय लागु हुने छैन । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको दैनिक प्रशासनिक काम पनि मंगलबार देखि पुर्ण रुपमा बन्द गरिएको छ । यस अघि दैनिक रुपमा प्रसाशनिक कामहरु हुदै आएको थियो । कार्यपालिका बोर्डले नगरपालिका अन्तर्गत का सबै वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको छ ।

      विपतको घडीमा सम्पूर्ण नगरवासीबाट सहयोगको शिवसताक्षी नगरपालिकाले   अपेक्षा लिएको प्रवक्ता ईजमले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.