Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाले २४ लाख बराबरका बालशिक्षा शैक्षिक सामाग्री वितरण
    शिक्षा

    कनकाई नगरपालिकाले २४ लाख बराबरका बालशिक्षा शैक्षिक सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ३२, आईतवार १६:०८ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रलाई शिक्षाको हब बनाउँने योजनाका साथ अघि बढेको कनकाई नगरपालिकाले नगर क्षेत्रमा रहेका १४ वटा सामुदायिक विद्यालय र ४ वटा बालबिकास केन्द्रलाई २४ लाख बराबरका बालशिक्षा शैक्षिक सामाग्री वितरण गरेको छ ।

       कनकाई नगरपालिका र सहारा नेपालको साझेदारीमा भएको सम्झौता अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक साथै व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको बताइएको छ ।

       शैक्षिक सामाग्री बितरण गर्दै कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलले शिक्षा क्षेत्रको भौतिक साथै शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यलाई कनकाई नगरपालिकाले पहिलो प्राथमिक्तामा राख्दै नगर क्षेत्रलाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्ने बताएका छन् । आफ्नो उद्येश्य प्राप्तीकालागि कनकाई नगरपालिकाले सोही अनुरुपको पाठ्यक्रमको समेत तयारी गरीसकेको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको शैक्षिक साथै यहाँको चौतर्फी विकासमा सहारा नेपाल सहकारी संस्थासँगको सहकार्यले थप रचनात्मक कार्य गर्न सहयोग पुगेको भन्दै नगर प्रमुख पोखरेलले सहारा नेपाल सहकारी संस्थालाई विशेष धन्यबाद ज्ञापन गरेका छन् ।

       नगर क्षेत्रका प्रत्येक सामुदायिक विद्यालयलाई १ लाख ५०  हजार बराबरका साथै नगरका ४ वटा बालबिकास केन्द्रलाई  प्रति विद्यालय ७५ हजार बराबरका शैक्षिक सामाग्री वितरण गरिएको कनकाई नगरपालिकाका शिक्षा प्रमुख पिताम्बर गौतमले बताएका छन् । बालबालिकाकालागि अति आवश्यक पर्ने शैक्षिक सामाग्रीबाट हरेक बालबालिकाको चौतर्फी बिकासमा भरपूर सहयोग पुग्ने अपेक्षा गरिएको नगर शिक्षा प्रमुख गौतमले बताए । कनकाई नगरपालिकाले यसै शैक्षिक सत्रदेखि कनकाई नगर क्षेत्रका सबै विद्यालयमा कक्षा एक र कक्षा ६ मा लागु हुने गरी ‘कनकाई ज्ञानमाला’ नामक नयाँ पाठ्यपुस्तक समाबेश गर्ने गरी सबै विद्यालयलाई हस्तान्तरण गरेको बताइएको छ ।

       शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख मन्जु प्रसाई, कनकाई नगरपालिका वडा नं.२ का वडाअध्यक्ष परशुराम गिरी, सहारा नेपालका मूल समिति सदस्य एवम् साझेदारी कार्यक्रमका सहसंयोजक पदमलाल भट्टराई लगायतले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि वालवालिकाहरुलाई मनोरञ्जन गर्दै शिक्षा आर्जन गर्न सक्ने वातावरण बनाउँन शैक्षिक सामाग्रीले थप सहयोग पुग्ने बताएका छन् । कार्यक्रममा नौ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य साथै अन्य जनप्रतिनिधीहरु, सहारा नेपालका संचालक समितिका उपाध्यक्ष उपेन्द्र ओली, सुरुङ्गा सेवा केन्द्रका सहयोग उपसमितिका सदस्य विनोद थपलिया र होम बिमली, सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा बस्नेत, शिवगन्ज सेवा केन्द्र प्रमुख टिकाबहादुर प्रधानलगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरु सहितको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षा शाखाका प्रतिनिधी मेदनी पाठकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.