Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटमा तेस्रो चितास्थलको शिलान्यास
    कनकाई खबर बिशेष

    कनकाई घाटमा तेस्रो चितास्थलको शिलान्यास

    ramBy ram२०७५ मंसिर १०, सोमबार ०३:४७ गते3 Mins Read

      सुरुङ्गा \ दाहसंस्कार कार्यलाई व्यवस्थित बनाउँदै प्रदुषण न्युनिकरणमा विशेष जोड दिने उद्येश्यका साथ अभियान संचालन गरीएको कनकाई घाटमा थप चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ ।
    पूर्वकै पवित्र धार्मिक क्षेत्रका रुपमा स्थापित कनकाई नदीको पूर्वी तटमा रहेको कनकाई घाटमा शनिवार एक विशेष कार्यक्रमका वीच वैदिक विधिअनुसार थप चितास्थल निर्माणको लागि शिलान्यास गरिएको हो । विर्तामोड नगरपालिका ३ निवासी ७३ वर्षिया तिलरुपा खडकाले आफ्नो खर्चमा विश्रामस्थलसहितको चितास्थल बनाउने प्रतिबद्धतासहित आफै उपस्थित भई शिलान्यास गरेकी हुन् ।

       विश्रामस्थल र चितास्थल निर्माणका लागि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । तत्काल निर्माण हुन लागेको चितास्थलका लागि आवश्यक पर्ने चारवटा पिल्लर सहित पछि निर्माण हुने अन्य दुईवटा चितास्थललाई पुग्ने गरी जम्मा १२ वटा पिल्लर कनकाई घाट समितिले नै तत्काल निर्माण गरिदिने समितिका सचिव सुर्य उप्रेतीले वताएका छन् । कनकाई घाट समितिको पहलमा केही वर्ष अघिदेखी चितास्थलको निर्माण कार्य प्रारम्भ भएसँँगै हालसम्ममा सार्वजनिक शौचालय, विश्रामलय, पिउने पानी, कर्मयोग भवन, मलामी मार्ग निर्माण लगायतका महत्वपूणकाम सम्पन्न भइसकेको वताइएको छ ।

       कनकाई नदीको पुर्वी किनारमा तेस्रो चीतास्थल निर्माण गर्ने दाता खड्का र कनकाई घाट समितिवीच सम्झौता भइसकेको वताइएको छ । । विभिन्न मन्दिर तथा धार्मिकस्थल निर्माणमा खुला हृदयका साथ सहयोग गर्दै आएकी तिलरुपा विर्तामोड क्षेत्रमा उदार मन भएकी महिलाकी रुपमा परिचित छन् । आफ्ना श्रीमानका नाममा विर्तामोड ३ मा उनले यस अघि नै जगतेश्वर शिवपञ्चायन मन्दिर समेत निर्माण गरीसकेकी छन् ।
    उनी झापाका लोकप्रिय वामपन्थी नेता स्वर्गीय गौरीशंकर खडकाकी भाउजू हुन् । विर्तामोड क्षेत्रमा खडका परिवार सामाजिक तथा राजनीतिक क्षेत्रमा अग्रणी परिवार मानिन्छ ।

        हाल २ वटा मात्र चितास्थल भएको र दिनहुँ १२ वटा सम्म शवहरु ल्याइने भएकाले समस्या भइरहेकोमा घाटसमितिको प्रस्तावलाई स्वीकार गरी तिलरुपाले थप चितास्थल बनाउने संकल्प लिएकोमा कोषाध्यक्ष केदार गिरीले तिलरुपा र सम्पूर्ण खडका परिवारलाई धन्यवाद दिएका थिए । शिलान्यास कार्यक्रममा तिलरुपाले विश्रामघरसहित चितास्थल निर्माणमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने र कनकाई घाट समितिले बनाएको इञ्जिनियरिङ नक्सा बमोजिम आफै सरिक भएर सम्पूर्ण निर्माण सामग्री आफै जुटाएर निर्माण कार्य सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने बताएकी छन् ।

        चितास्थल निर्माण कार्यलाई सहजीकरण गर्न घाट समितिका सचिव सूर्य उप्रेतीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन गरिएको जानकारी दिइयो । निर्माण समितिको सदस्यहरुमा दाता तिलरुपा खडका, कनकाई नगरपालिकाको तर्फवाट वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, घाट समितिका पदाधिकारीहरु युवराज संग्रौला, मेनुका मैनाली र सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ रहेका छन् ।

      कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्य छन्दुराम भण्डारीले संकल्प वाचन गरी वैदिक मन्त्रसहित शिलान्यास गरिएको कार्यक्रममा समाजसेवी गोपालकुमार बस्नेतले मृत्युपश्चात पनि सहज दाहसंस्कारका लागि सहयोग पुरयाउने उद्देश्यका साथ चितास्थल बनाउने कार्य निश्चय नै पुण्यकार्य भएको बताए । घाटसमितिका सदस्य समेत रहेका मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले मारवाडी सेवा समितिले अर्को एक चितास्थल र विश्रामगृह बनाउनका लागि मारवाडी बन्धुहरु वीचमा सरसल्लाह भइरहेको र कार्यसमितिबाट निर्णय भएपछि मात्र घोषणा गरिने बताएका थिए ।
    घाटसमितिका उपाध्यक्ष युवराज संग्रौलाले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा घाट समितिका पदाधिकारी, विर्तामोड र सुरुङ्गा क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रमका अध्यक्ष समेत रहेका कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले शिलान्यास गरिएको थप चितास्थलको निर्माणकार्य यो आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन घाटसमितिका सचिव सूर्य उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.